असोज १२, बिराटनगर । मोरङको मधुमल्लामा खेतको आलीबाट लडेर पानीमा परेकी एक जना महिलाको ज्यान गएको छ ।
मधुमल्ला–७ झारसादीमा मंगलबार खेतको आलीबाट लडेर पानीमा डुबेकी ७३ वर्षे रुपमाया दर्जीको ज्यान गएको हो ।
मंगलबार बेलुका ८ बजे उर्लाबारीबाट घरतर्फ फर्कने क्रममा स्थानीय नरेश उप्रेतीको धानखेतको आलीबाट चिप्लीएर लडेकी दर्जीको जमेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।