असोज १२, काठमाडौँ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १२, काठमाडौँ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रद"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरः चेतनामा अगाडि विकासमा पछाडि

२०७३, १२ आश्विन बुधबार ०७:२३


असोज १२, काठमाडौँ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । 

समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा शुभकामना दिनुहुँदै पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थिरता कायम हुन नसकेकाले नै देशमा विकास हुन नसकेको र उत्कृष्टमध्ये एक संविधान जारी गरे पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल मिलेर सुल्झाउनुपर्ने बताउनुभयो । 

उहाँले भोजपुर चेतनाको दृष्टिले अगाडि भएपनि पूर्वाधारमा पछाडि हुनुका साथै भोजपुरको विकास अल्मलिएकाले किन विकास हुन सकेन भनेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । 

पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले चाडपर्वको अवसरमा समाजले एकै ठाउँ ल्याएकोमा धन्यवाद दिँदै भोजपुर विकासमा किन कमजोर भयो भन्ने सोच्नुपर्ने बताउनुभयो । 

पूर्वसांसद शान्ति अधिकारीले भोजपुरको गौरव सबैतिर फैलिए पनि विकासको फल प्राप्त गर्न नसकेको बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले शुभकामना दिनुहुँदै भोजपुरको विकासबारे चिन्तन गर्नुपर्ने बतताउनुभयो । 

पूर्वसांसद तथा राष्ट्रपतिका अर्थविज्ञ धनहर्क राईले धेरै बर्ष अगाडि भोजपुरमा बाढीपहिरोको समस्या पर्दा समाजका पूर्वअध्यक्ष गजेन्द्रमणि प्रधानले समाजका तर्फबाट सहयोग उपलब्ध गराउनुभएको सम्झना गर्दै शुभकामना दिनुभयो । 

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले विश्वको जुन भागमा रहे पनि भोजपुरमा बाल्यकाल बिताएको सम्झना आइरहन्छ भन्नुहुँदै भोजपुरको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले भोजपुरे जहाँ रहे पनि भोजपुरको विकासका लागि एक हुनुपर्छ भन्दै विदेशमा अवसर पाए पनि यहीँ केही गर्न सकिन्छ कि भनी समाजमार्फत सक्रिय रहेको बताउँदै भोजपुर अन्य सबै क्षेत्रमा अगाडि भए पनि पूर्वाधारमा पछि परेको बताउनुभयो । 

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य तारानाथ लुइँटेल, समाजका परिषद् अध्यक्ष दयाकृष्ण न्यौपाने, पूर्वअध्यक्ष कुलप्रसाद पराजुली, डा गोविन्दमान सिंह कार्की, राजन श्रेष्ठ, रोशन श्रेष्ठ, दक्ष पौडेल, देवी घिमिरे आदिले भोजपुरले राष्ट्रपतिजस्तो सम्मानित पद र पटकपटक मन्त्री पद पाएपनि आवश्यक पूर्वाधार विकास हुन नसकेको गुनासो गर्नुभयो । 

कार्यक्रममा कवि तथा प्राज्ञ श्रवण मुकारुङ, विप्लव ढकाल, पवन आलोक, पशुपति पराजुली आदिले कवितावाचन गर्नुभएको थियो भने गायक मनोज सामसोङले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समाजलाई सहयोग गरेबापत युनाइटेड स्कुल, कुमारीपाटी, ललितपुरलाई प्रमुख अतिथि कार्कीले समाजका तर्फबाट प्रशंसापत्र प्रदान गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु