२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अपाङ्गता भएकालाई सहयोग जारी

१२ आश्विन २०७३, बुधबार ०७:२५

असोज १२, पाँचथर । केही दिनअघि सांस्कृतिक कार्यक्रम गरेर सङ्कलन गरेको रकम इम्बुङका एकै परिवारका अपाङ्गता भएको माङ परिवारलाई प्रदान गरिएको छ । 

अल्फाओमेगा इन्टरनेसलन ट्रेनिङ सेन्टरको आयोजनामा केही दिनअघि पाँचथर सदरमुकाममा रहेको फिदिम उच्च माविको खेलमैदानमा सम्पन्न भएको बृहत् सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको रकम अपाङ्ग परिवारलाई प्रदान गरिएको हो । 

मङ्गलबार पत्रकारसम्मेलन गरी अल्फाओमेगा ट्रेनिङ सेन्टरका अध्यक्ष जयप्रेम तुम्रोकले अपाङ्ग महिन्द्र तामाङलाई ४० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । केही दिनअघि मात्र १५ हजार प्रदान गरेको र अपाङ्ग परिवारका लागि आफ्नो संस्थाले ५५ हजार रुपैयाँ प्रदान गरेको तुम्रोकको भनाइ छ । 

अनिवार्य आवश्यकता जुटाउनै नसक्ने इम्बुङ–७ कोल्बुङमा एकै परिवारका पाँचजना अपाङ्ग छन् । हर्कवीर तामाङ र धनमाया तामाङका पाँच छोरी र चार छोरा छन् जसमध्ये जेठा छोरा खड्गबहादुर, काइला छोरा महेन्द्र, कान्छो छोरा बद्री, साइली छोरी श्रीमाया र कान्छी तारादेवी गरी पाँचजना अपाङ्ग छन् । 

कान्छी तारादेवी अलि हिँड्न सक्ने भएपनि अरू चारजना बसेको ठाउँदेखि उठ्न नसक्ने अवस्थामा छन् । अपाङ्गलाई सदरमुकाम फिदिम ल्याएर रकम प्रदान गरिएको हो । उनीहरु जन्मजात अपाङ्ग हुन् । 

तामाङ परिवारको कष्टपूर्ण जिन्दगी देखेपछि सांस्कृतिक कार्यक्रम गरेर भएपनि केही रकम प्रदान गरिएको अल्फाओमेगाले जनाएको छ । रकम पाएपछि अपाङ्ग महेन्द्र तामाङले खुसी व्यक्त गर्नुभयो । तर, परिवारका सबैजस्तो अपाङ्ग हुँदा पनि राज्यका तर्फबाट वास्ता नगरिएको महेन्द्रको गुनासो छ । यसअघि फिदिमका समाजसेवी रामप्रकाश समथिङको संयोजकत्वमा उक्त परिवारलाई सहयोग प्रदान गरिएको थियो । समथिङको संयोकत्वमा फिदिमबजारका ४२ जना व्यक्तिले तामाङ परिवारलाई सहयोग गरेका थिए । 

उहाँकै सक्रियतामा तामाङ परिवार बस्ने घर बनाएर सामान्य पसल पनि सुरुवात गरिएको थियो । अहिले पसल बढाएको परिवारकी कान्छी छोरी तारादेवीले बताउनुभयो । इम्बुङका स्थानीयवासी र फिदिमवासीको दुई लाख चार हजार नौ सय १५ रुपैयाँको लगानीमा अपाङ्ग तामाङ परिवारका लागि दुई कोठे घर निर्माण गरिएको थियो । 

इम्बुङका स्थानीयवासीको ७९ हजार दुई सय ५० र फिदिमवासीको एक लाख २५ हजार छ सय ६५ रुपैयाँको लगानीमा उक्त घर बनाइएको हो । सुरुवातमा राससबाट समाचार प्रकाशन तथा प्रसारण भएपछि सङ्घसंस्था तथा व्यक्तिले सहयोग रकम प्रदान गर्न थालेका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ भूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प, कम्तीमा १२६ जनाको मृत्यु सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट)