२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङको होटलमा ग्राहकको हत्या प्रकरण: प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा

२०८०, २५ जेष्ठ बिहीबार ०५:२१

जेठ २५, धादिङ | जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरू सरस्वती पनेरु पण्डित, निजको छोरा नीरज पण्डित र पाल्पा तानसेन नगरपालिका घर भई हाल गल्छी 

स्थित नीरजकै घरमा डेरा गरी बस्ने किरन राना समेत गरी तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय धादिङ बाट  जेठ २२ गते पेस भएको अभियोग अनुसार तीनै जना प्रतिवादीहरूलाई जेठ २४ गते जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलास बमोजिम पुर्पक्षका लागि थुनामा पठाइएको हो । 


गत बैशाख २७ गते  राती धादिङ गल्छी स्थित सरस्वती पनेरुले सञ्चालन गरेको शानदार होटेल एण्ड लजमा सोही ठाउँका स्थानीय बासिन्दा   २८ वर्षीय  विनोद थापा मगरले खाजा खाएको पैसाको विवादमा झैझगडा हुँदा  सञ्चालिका सरस्वतीका छोरा नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका थिए । 

छुरा प्रहारबाट घाइते भएका रानाको उपचारका क्रममा  काठमाण्डौं स्थित नर्भिक अस्पतालमा बैशाख २८ गते मृत्यु भएको थियो । होटेल सञ्चालिका रहेकी सरस्वती पनेरू पण्डितले आफ्नो होटेलमा बालिकाहरूलाई जबरजस्ती यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पीडितको जाहेरीको आधारमा ज्यान सम्बन्धी कसुरका साथै थप दुईवटा मानव बेचबिखन मुद्दामा समेत प्रतिवादी बनाई अभियोग पेस भएकोमा तीनवटै मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको हो । 

सञ्चालिका सरस्वतीका छोरा नीरज पण्डित र अर्का प्रतिवादी किरन रानालाई ज्यान सम्बन्धी कसुरमा मात्रै अभियोग पेस भएकोमा सोही मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु