२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६ घण्टाको बाथरुम ब्रेक लिएपछि जागिर चट

२०८०, २५ जेष्ठ बिहीबार ११:५८

जेठ २५, काठमाडौँ | चीनका एक व्यक्तिलाई कामको समयमा शौचालयमा अत्यधिक समय बिताएको भन्दै जागिरबाट निकालिएको छ । ती व्यक्तिले टोइलेटमा ४७ मिनेटदेखि ६ घण्टासम्म बिताउने गरेको बताइएको छ ।

चिनियाँ मिडियाले यो अचम्मको घटनाबारे जानकारी दिएको हो जसअनुसार वाङ थर भएका एक व्यक्तिले आफूलाई जागिरबाट निकालेको भन्दै मुद्दा दर्ता गरेका थिए । उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण शौचालयमा धेरै समय बिताउनु परेको भन्दै मुद्दा दर्ता गरेका थिए । 


वाङले आफ्नो एनोरेक्टल (मलद्वार) सम्बन्धी समस्या भएका कारण शल्यक्रिया गर्नुपरेको र यसका कारण आफूलाई पीडा र असहज महसुस हुने गरेकोले दैनिक ३ देखि ६ घण्टा शौचालयमा बिताउन बाध्य भएको बताए । वाङको पूर्व रोजगारदाता कम्पनीले १० दिनको अवधिमा उनले जम्मा २२ पटक टोइलेट ब्रेक लिएको जुन ४७ मिनेटदेखि ६ घण्टासम्म भएको जानकारी दियो । काममा ढिलो, कार्यालयबाट छिटो निस्केको, जानकारी नदिई बिदा बसेकोले तियानजिनस्थित नाम नखुलाइएको कम्पनीले वाङलाई जागिरबाट निकालेको स्पष्टीकरण दिएको छ ।

वाङको शल्यक्रिया सन् २०१४ को डिसेम्बरमा भएको थियो । उनको रोजगारदाता कम्पनीले सन् २०१५ मा जुलाईमा काममा फर्किएपछि उनले असामान्य रूपमा टोइलेट ब्रेक लिन थालेको बतायो । वाङलाई कम्पनीले २०१५ मा सेप्टेम्बर ७ देखि १७ सम्म निगरानीमा राखेको थियो । त्यति बेला उनले प्रत्येक दिन तीन पटक लामो टोइलेट ब्रेक लिएको पाइएपछि उनलाई कम्पनीले जागिरबाट बिदा गर्ने निर्णय गरेको थियो । 

अक्टोबर २०१५ मा वाङले कम्पनीमा आफ्नो जागिर पुनर्स्थापित गर्न मध्यस्थताको खोजी गरे । दुई पक्षबीच लामो कानुनी लडाइँ भयो जुन यस वर्ष समाप्त भयो । तियानजिन उच्च अदालतले ती व्यक्तिको बाथरुम ब्रेक ‘उचित र सामान्य शारीरिक आवश्यकता’ भित्र नपरेको घोषणा गर्‍यो । त्यसैले वाङले मुद्दा हारे ।

यो खबरले मिश्रित प्रतिक्रिया पाएको छ । कतिले यसलाई निकै गम्भीर स्वास्थ्य समस्या बताइरहेका छन् भने कतिले शौचालयमा तीन घण्टा बिताउनु भनेको सामान्य कुरा नभएको बताएका छन् । यस्तै, कोहीले भने ‘काम कहिले गर्‌छौ’ भनेर प्रश्न सोधेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु