२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानबाट आजै काठमाडौं आएका थिए गोलीकाण्डका घाइते

२०८०, २८ जेष्ठ आईतवार १०:४१

जेठ २८, काठमाडौँ | लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी), काठमाडौंको टोलीले एक महिना अघिदेखि भारतबाट लागूऔषध ल्याउने एउटा टोलीको पिछा गरिरहेको थियो ।

दुई जना पक्राउ परिसकेका थिए । धरान बस्दै आएका विकास भगतले भारतको जोगबनी नाकाबाट यो गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

त्यही क्रममा भगतले आइतबार बिहान ८ बजे विराटनगरबाट काठमाडौं आउन हवाई टिकट काटेको सूचना प्रहरीले पायो । त्यही सूचनाको आधारमा ब्यूरोको एक टोली विमानस्थलमा खटिएको थियो ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलबाट निस्किँदासम्म उनीसँग लागूऔषध थिएन’, ब्यूरोका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘हामीले अरु नेक्ससबारे पनि पत्ता लगाउनुपर्ने भएकाले पिछा मात्र गरिरहेका थियौं ।’

विमानस्थलबाट निस्किएपछि भगत विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गए । त्यहाँ उनी होटलमा प्रवेश गरे ।

उनी होटलमा प्रवेश गरेपछि प्रहरी टोली पछि पछि भित्र गयो । अनुसन्धान अधिकृतहरुका अनुसार उनले त्यहाँ कसैलाई सामान हस्तान्तरण गर्न लागेका थिए । तर, तल्लो तलामै प्रहरीसँग घम्साघम्सी भयो । प्रहरी भएको बताउँदै पक्राउ गर्न लागेको जानकारी गराउँदा उनले प्रतिकार गर्न खोजेको अधिकृतहरु बताउँछन् ।

‘त्यसक्रममा उनले प्रहरीकै हतियार खोसे, खास उनीसँग साथमा हतियार पनि हुने रहेछ’, ती अधिकृतले भने, ‘प्रहरीलाई नै जोखिम हुने स्थिति भएपछि घुँडामुनि गोली हानिएको हो ।’

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार, घाइते उनलाई लगत्तै उद्दार गरेर काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको थियो ।

‘उनको साथमा १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ’, थपलियाले अनलाइनखबरसँग भने । अन्य घटनाहरुमा लागूऔषध कारोबारी आफैं सेवनकर्ता पनि हुन्छन् । तर, विकास आफू चाहिँ लागूऔषध सेवन नगर्ने प्रहरी बताउँछ ।

धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्ने उनी भारतबाट लागूऔषध ल्याएर काठमाडौंमा आपूर्ति गर्ने गरेको भेटिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु