२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरकारी वकिललाई न्यायाधीशको प्रश्न- शरणार्थी प्रकरण कसरी संगठित अपराध ?

२०८०, १ असार शुक्रबार ०७:१०

असार १, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जवाफी बहस जारी छ । पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस थालेका हुन् । सोक्रममा न्यायाधीश न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यो मुद्दा संगठित अपराध हुनुका कारण खोजेका छन् ।

‘संगठित अपराध हुनका लागि स्ट्रक्चरल अर्गनाइजेसन चाहिएला । यो मुद्दा कसरी संगठित अपराध भयो ? यसको केन्द्रमा को छ ? कानूनअनुसार तर्क दिनुस्’, न्यायाधीश न्यौपानेले सरकारी वकिल लक्ष्मण उपाध्याय घिमिरेलाई सोधे ।

जवाफमा घिमिरेले यो मखुण्डो लगाएर, बन्दुक समातेर हुने संगठित अपराधजस्तो नभएको जिकिर गरे ।

‘यो न्यू जेनेरेसन अर्गनाइज क्राइम हो । पोल्टिसियन, कर्मचारी संयन्त्र र अपराधीबीचको नेक्ससमा यस्तो अपराध हुन्छ’, घिमिरेको दाबी थियो ।

यो प्रकरणमा माथिल्लो लेयरमा बालकृष्ण खाण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई र तेस्रो लेयरमा सानु भण्डारी, केशव दुलाल देखिएको घिमिरेले बताएका छन् ।

व्यक्तिगत प्रमाणहरू नदेखिए पनि परिस्थितिजन्य प्रमाणबाट संगठित अपराध पुष्टि हुने उनको तर्क थियो ।

पुन: न्यायाधीशले ३ वा सोभन्दा बढीले गरेको अपराध सबै संगठित हो त, खास विशेषताहरू होलान् नि ? भनेर प्रश्न तेर्स्याएका थिए ।

वकिल घिमिरेले अरुअरु मुद्दामा राज्यले व्यक्तिलाई न्याय दिलाउने भएपनि यो मुद्दामा राज्यले पीडितसँगै आफूले पनि न्याय खोजिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु