२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अत्तरियामा सरकारी कार्यालयको गाडी तोडफोड

२०८०, ५ असार मंगलवार ०६:३९

असार ५, कैलाली | कैलालीको अत्तरियामा आज बिहान एक सरकारी कार्यालयको गाडीमा तोडफोड भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाडाँमामा बाँके जिल्ला अदालतको प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालका अनुसार गाडीको पछाडिको सिसा फुटेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सुदूरपश्चिममा केही सातादेखि आन्दोलनरत स्थानीयले आज सरकारी गाडीमा अवरोध गर्ने कार्यक्रम गरेका थिए ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले मेडिकल विश्वविद्यालयको विधेयक ल्याउनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालनको लागि अत्तरियालगायत स्थानमा सरकारी गाडीमा अवरोध गर्ने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु