२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा नौ स्थानीय तहको पुनःसंरचना प्रस्ताव

२०७३, १३ आश्विन बिहीबार ०८:२९

असोज १३, पाल्पा । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति पाल्पाले नौवटा स्थानीय तहको प्रस्ताव गरेको छ । 

राजनीतिक दल, सांसद, पूर्व जनप्रतिनिधि र प्राविधिक सहयोग समितिको सहमतिमा तीन नगरपालिका र छ गाउँपालिका सिफारिस गरिएको हो । जनमोर्चाले भने असहमति जनाउँदै १४ स्थानीय तह निर्माण गर्नुपर्ने माग राखेको छ । सहमति भएका नौवटा स्थानीय तहको केन्द्र र नाम भने जनतासँगको छलफलबाट टुङ्ग्याउने दलहरुबीच सहमति भएको छ । 

स्थानीय तह १ मा पूर्वी पाल्पाका सातवटा गाविस समावेश गरिएको छ जसमा बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाविस छन् । 

स्थानीय तह २ मा रामपुर नगरपालिका कायम गरिएको छ । स्थानीय तह ३ मा ११ वटा गाविस समावेश गरी नगरपालिका सिफारिस गरिएको छ जसमा सिलुवा, रिङ्नेरह, जल्पा, वीरकोट, हेक्लाङ, हुँगी, फोक्सिङकोट, पीपलडाँडा, हुमिन, ताहुँ र देवीनगर गाविसलाई समावेश छन् । 

स्थानीय तह ४ मा सातवटा गाविस समावेश गरिएका छन् जसमा चिदीपानी, रुप्से, कसेनी, झडेवा, गोठादी, रहवास र बहादुरपुर गाविस छन् । 

स्थानीय तह ५ मा चारवटा गाविस समावेश गरिएका छन् जसमा कचल, दोभान, मस्याम र कोल्डाँडा गाविस समावेश छन् । स्थानीय तह ६ मा नौ वटा गाविस परेका छन् । यस गाउँपालिकामा खानीगाउँ, यम्घा, दर्लमडाँडा, खानीछाप, नायरनम्तलेस, पोखराथोक, चिर्तुङधारा, चापपानी र बराङ्दी गाविस रहेका छन् । स्थानीय तह ७ मा तानसेन नगरपालिकासहित पाँचवटा गाविस समावेश गरिएका छन् जसमा तानसेन नगरपालिका, मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघापोखराथोक, बौघागुम्वा गाविस छन् । 

स्थानीय तह ८ मा नौवटा गाविस समावेश गरिएका छन् जसमा अर्गली, ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाविस छन् । स्थानीय तह ९ मा ८ वटा गाविस समावेश रहेका छन् जसमा सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्ढेङ्गढी र सत्यवती गाविस छन् । 

जिल्ला तहमा भएको सहमतिलाई नौवटै तहमा छलफलका लागि लैजाने र छलफलबाट आएका सुझाव समावेश गरी असोज १५ गतेभित्र स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाउने प्राविधिक समितिका सदस्य सचिव योजना तथा प्रशासकीय अधिकृत चूडामणि बस्यालले बताउनुभयो । 

सहमतिका आधारमा सिफारिस गरिएका नौवटै स्थानीय तहमा गाविसहरु नटुक्राई सीमाङ्कन गरिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने