२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा नौ स्थानीय तहको पुनःसंरचना प्रस्ताव

१३ आश्विन २०७३, बिहीबार ०८:२९

असोज १३, पाल्पा । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति पाल्पाले नौवटा स्थानीय तहको प्रस्ताव गरेको छ । 

राजनीतिक दल, सांसद, पूर्व जनप्रतिनिधि र प्राविधिक सहयोग समितिको सहमतिमा तीन नगरपालिका र छ गाउँपालिका सिफारिस गरिएको हो । जनमोर्चाले भने असहमति जनाउँदै १४ स्थानीय तह निर्माण गर्नुपर्ने माग राखेको छ । सहमति भएका नौवटा स्थानीय तहको केन्द्र र नाम भने जनतासँगको छलफलबाट टुङ्ग्याउने दलहरुबीच सहमति भएको छ । 

स्थानीय तह १ मा पूर्वी पाल्पाका सातवटा गाविस समावेश गरिएको छ जसमा बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाविस छन् । 

स्थानीय तह २ मा रामपुर नगरपालिका कायम गरिएको छ । स्थानीय तह ३ मा ११ वटा गाविस समावेश गरी नगरपालिका सिफारिस गरिएको छ जसमा सिलुवा, रिङ्नेरह, जल्पा, वीरकोट, हेक्लाङ, हुँगी, फोक्सिङकोट, पीपलडाँडा, हुमिन, ताहुँ र देवीनगर गाविसलाई समावेश छन् । 

स्थानीय तह ४ मा सातवटा गाविस समावेश गरिएका छन् जसमा चिदीपानी, रुप्से, कसेनी, झडेवा, गोठादी, रहवास र बहादुरपुर गाविस छन् । 

स्थानीय तह ५ मा चारवटा गाविस समावेश गरिएका छन् जसमा कचल, दोभान, मस्याम र कोल्डाँडा गाविस समावेश छन् । स्थानीय तह ६ मा नौ वटा गाविस परेका छन् । यस गाउँपालिकामा खानीगाउँ, यम्घा, दर्लमडाँडा, खानीछाप, नायरनम्तलेस, पोखराथोक, चिर्तुङधारा, चापपानी र बराङ्दी गाविस रहेका छन् । स्थानीय तह ७ मा तानसेन नगरपालिकासहित पाँचवटा गाविस समावेश गरिएका छन् जसमा तानसेन नगरपालिका, मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघापोखराथोक, बौघागुम्वा गाविस छन् । 

स्थानीय तह ८ मा नौवटा गाविस समावेश गरिएका छन् जसमा अर्गली, ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाविस छन् । स्थानीय तह ९ मा ८ वटा गाविस समावेश रहेका छन् जसमा सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्ढेङ्गढी र सत्यवती गाविस छन् । 

जिल्ला तहमा भएको सहमतिलाई नौवटै तहमा छलफलका लागि लैजाने र छलफलबाट आएका सुझाव समावेश गरी असोज १५ गतेभित्र स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाउने प्राविधिक समितिका सदस्य सचिव योजना तथा प्रशासकीय अधिकृत चूडामणि बस्यालले बताउनुभयो । 

सहमतिका आधारमा सिफारिस गरिएका नौवटै स्थानीय तहमा गाविसहरु नटुक्राई सीमाङ्कन गरिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला