२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

र्‍यापर गिरिश खतिवडाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी

२०८०, ८ असार शुक्रबार ०७:३६

असार ८, विराटनगर | चर्चित र्‍यापर गिरिश खतिवडाविरुद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ । खतिवडाले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा धनपालथान गाँउपालिका-४ का कसिद अन्सारीको रहस्यमय मृत्यु भएको भन्दै सञ्चालक खतिवडासहित ३ जनाविरुद्ध हत्या आरोपमा किटानी जाहेरी परेको हो ।

प्रहरीका अनुसार कासिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक विराटनगर-८ का खतिवडा, क्याफेमा कार्यरत जहदा गाउँपालिका-३ का करण राजवंशी र विराटनगर-१६ का अनुराग राउतविरुद्ध जाहेरी परेको छ । मृतक कासिदको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको पीडित परिवारले बताए ।

असार ३ गते विहान ११ बजे क्याफेमा मासुको पैसा उठाउन गएका मोरङको धनपालथान गाउँपालिका- ४ का अन्सारीको रहस्यमय मृत्यु भएको थियो । कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्ने अन्सारीले सो क्याफेमा मासु बिक्री गर्दै आएका थिए । त्यस दिन अन्सारी ४० हजार रूपैयाँ बक्यौता उठाउन भन्दै क्याफे गएको परिवारले जनाएको छ ।

होटल सञ्चालक खतिवडाले क्याफेमै लडेर गम्भीर घाइते भएको भन्दै उनलाई त्यहाँ कार्यरत कर्मचारीहरुले विराट अस्पतालमा उपचारका लागि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको बताएका छन् । मृतकका आफन्तले भने क्याफे सञ्चालक खतिवडासहित त्यहाँ कार्यरत तीनजनाले हत्या गरेको किटानी जाहेरीमा उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले खतिवडासहितमाथि किटानी जाहेरी परेको जानकारी दिए ।

‘घटनाको सबै परिस्थितिको पूर्वानुमान गर्दै अनुसन्धान भइरहेको छ । तर, अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन’, डीएसपी दाहालले भने ।

मृतकका अन्सारीका भाइ मासिदले भने मासु बिक्री गरेको पैसा माग्न जाँदा दाजुको हत्या भएको दाबी गरेका छन् । कासिदले जी क्याफेसहित विराटनगरमा एक दर्जन रेस्टुरेन्ट र क्याफेहरूमा मासु बिक्री वितरण गर्दै आएको मासिदले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु