८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

जेष्ठ नागरिकलाई नगद सहित सम्मान

१३ आश्विन २०७३, बिहीबार १०:२८

सुधा भारति/असोज १३, विराटनगर । विराटनगर उपमहानगरपालिकाले ९० वर्ष उमेर कटेका नगरक्षेत्रका ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । 

मासिक रुपमा एक हजार रुपैया दिनेगरी उपमहानगरले बुधबार ९० जनालाई सम्मान गरेको छ  । विभिन्न वडा कार्यालयको सिफारिसमा सम्मानित हुने ज्येष्ठ नागरिकलाई एकै पटक पहिलो त्रैमासिक किस्ता वापतको तीन हजार रुपैया र सम्मान पत्रसहित मोरंगका प्रमुख जिल्ला अधिकारी तोयम राया र उपमहानगरका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले सम्मान गर्नुभयो । कार्यक्रमममा बोल्दै प्रजिअ रायाले ज्येष्ठ नागरिक वर्तमानको निधि भएको बताउनुभयो  । कार्यकारी अधिकृत रेग्मीले उपमहानगरले ज्येष्ठ नागरिकको जीवनयापनमा सहयोग पुगोस भनेर उपमहानगरका तर्फबाट सानो सहयोग गरिएको बताए । 

उपमहानगरका ९० वर्ष उमेर माथिका नागरिकले अब बर्षेनी १२ हजार रुपैया भत्ता पाउने छन् । उपमहानगर सामाजिक सेवा महाशाखाले कार्यक्रमको संयोजन गरेको थियो । महाशाखाका प्रमुख राजेन्द्र प्रधानले ज्येष्ठ नागरिकको योगदानको कदर गर्न सम्मान गरिएको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी