२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

जेष्ठ नागरिकलाई नगद सहित सम्मान

२०७३, १३ आश्विन बिहीबार १०:२८

सुधा भारति/असोज १३, विराटनगर । विराटनगर उपमहानगरपालिकाले ९० वर्ष उमेर कटेका नगरक्षेत्रका ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । 

मासिक रुपमा एक हजार रुपैया दिनेगरी उपमहानगरले बुधबार ९० जनालाई सम्मान गरेको छ  । विभिन्न वडा कार्यालयको सिफारिसमा सम्मानित हुने ज्येष्ठ नागरिकलाई एकै पटक पहिलो त्रैमासिक किस्ता वापतको तीन हजार रुपैया र सम्मान पत्रसहित मोरंगका प्रमुख जिल्ला अधिकारी तोयम राया र उपमहानगरका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले सम्मान गर्नुभयो । कार्यक्रमममा बोल्दै प्रजिअ रायाले ज्येष्ठ नागरिक वर्तमानको निधि भएको बताउनुभयो  । कार्यकारी अधिकृत रेग्मीले उपमहानगरले ज्येष्ठ नागरिकको जीवनयापनमा सहयोग पुगोस भनेर उपमहानगरका तर्फबाट सानो सहयोग गरिएको बताए । 

उपमहानगरका ९० वर्ष उमेर माथिका नागरिकले अब बर्षेनी १२ हजार रुपैया भत्ता पाउने छन् । उपमहानगर सामाजिक सेवा महाशाखाले कार्यक्रमको संयोजन गरेको थियो । महाशाखाका प्रमुख राजेन्द्र प्रधानले ज्येष्ठ नागरिकको योगदानको कदर गर्न सम्मान गरिएको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित