२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिवेसन सम्पन्न

१३ आश्विन २०७३, बिहीबार १२:०८

असोज १३, भैरहवा । लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिवेसन भैरहवामा सम्पन्न भएको छ । अधिवेसनले कान्तिपुर दैनिकका उपसम्पादक माधब ढुंगानालाई पुनः अध्यक्षतामा आगमी २ वर्षकोलागी निर्विरोध  चयन गरेको छ ।

अधिवेसनबाट क्लबको उपाध्यक्षमा दिपेश पछाई चयन भएका छन् । पछाई नयां पत्रिका दैनिक, एविसी टिभी, मेचिकाली दैनिक, भैरहवा एफ एममा आवद्ध छन् । यसैगरी महासचिबमा नरेश के.सी चयन भएका छन् । के.सी लुम्बिनीखबरको सम्पादक हुन् भने हिमालय टि.भी, लुम्बिनी दैनिक, दैनिक नेपालमा पनि कार्यरत रहेका छन् । क्लबको सचिवमा सम्झना शर्मा चयन भएकी छन् । शर्मा नारिबिम्बको प्रधान सम्पादक हुन्  भने भैरहवा एफ एम र  आर्थिक अभियानमा समेत कार्यरत रहेकी छन् । क्लबको कोषाध्यक्षमा कमल रायमाझी चयन भएका छन् । रायमाझी लुम्बिनी खबरका सहसम्पदक तथा रासस र सगरमाथा टिभीमा कार्यरत पत्रकार हुन् ।

क्लबको सदस्यहरुमा रुपन्देही एफ एमका स्टेशन म्यानेजर शंकर पाण्डे , नेपाल टेलिभिजनका भैरहवा सम्वाददाता शम्भु पन्त , सिद्धार्थ एफ एमका समाचार प्रमुख अरुण ज्ञवाली, लुम्बिनी पोस्टका सम्पादक दिपक घिमिरे, अनलाइन खबरका क्षेत्रीय सम्वाददाता सलमान खान र गौतमबुद्ध सन्देशका प्रबन्ध सम्पादक माधब न्यौपाने चयन भएको अधिवेसनको प्रमुख निर्वाचन आयुक्त अग्रज पत्रकार तथा अधिवत्त    mा कुलमणी ज्ञवालीले जानकारी दिए ।

नव निर्वाचित अध्यक्षलाई प्रमुख निर्वाचन आयुक्त ज्ञवालीले क्लबको विधान अनुसार पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएको निर्वाचन अधिकृत अधिवक्ता प्रख्यात बन्जाडेले जानकारी दिए ।

अधिवेसन अगाडी क्लबको खुल्ला सत्र सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेर बहादुर के.सी.ले पत्रकारहरुको दायित्व , पत्रकार आचार संहिता २०७३ र नेपाल पत्रकार महासंघको सदस्यताको बारेमा प्रकास पार्दै पत्रकारहरुले कुनैपनि सन्चार गृहमा काम गर्दा अनिवार्य रुपमा नियुक्त पत्र लिएर गर्नुपर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा अग्रज पत्रकार तथा अधिवेसनका निर्वाचन आयुक्त कुलमणी ज्ञवालीले भैरहवाको पत्रकारिताको संघर्षसील इतिहांसलाई बताउदैं पत्रकारिता क्षेत्र जोखीमको क्षेत्र भएको हुदां राज्यले पत्रकारहरुको सुरक्षा र जीवनवृतिकोलागी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए । क्लबको बन्दसत्रमा महासचिव नरेश के.सी र कोषाध्यक्ष सम्झना शर्माले पेश गरेको क्रमसः महासचिव र कोषाध्यक्षको प्रतिवेदन केही संशोधन सहित पारीत भएको थियो ।

अधिवेसन पश्चात नवनिर्वाचित अध्यक्ष ढुंगानाले पत्रकारहरुको हकहितकोलागी सधैं क्रियासील हुने जनाउदैं पत्रकारहरु पनि आचारसंहिता भित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…