८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अस्पतालको उपकरण लिलाममा संलग्न कर्मचारीमाथि कारबाही माग

१४ आश्विन २०७३, शुक्रबार ०६:११

असोज १४, खोटाङ । न्यून मूल्यमा जिल्ला अस्पताल खोटाङको उपकरण लिलाम गर्नमा संलग्न कर्मचारीलाई कारबाही गर्न जिल्लाका राजनीतिक दलले माग गरेका छन् । 

स्थानीय शान्ति समितिको कार्यालयमा विहिबार बसेको सर्वदलीय बैठकले कवाडीको दाममा अस्पतालको उपकरण लिलाम बिक्री गर्ने दोषी कर्मचारीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन प्रशासनसमक्ष माग गरेका हुन् । 

मर्मत गर्दा कामलाग्ने एक्स–रे, भिडियो एक्स–रे, जेनेरेटर, एनेस्थेसिया ट्रली, शय्या लगायतका ११२ थरीका उपकरण तथा सामानलाई न्यून मूल्यमा लिलाम गरिएको जनगुनासो चुलिँदै गएको बेला सर्वदलीय बैठकले दोषीलाई छाड्न नहुने निर्णय गरेको स्थानीय शान्ति समितिका संयोजक श्यामराज राईले बताउनुभयो । 

जिल्ला अस्पतालले जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० थरीका उपकरण तथा सामान २६ हजार ५०० मा लिलाम बिक्री गरेको सात महिनापछि खुलासा भएको थियो । 

सर्वदलीय बैठकमा बोलाइएका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले लिलाम उपकरण तथा सामानका विषयमा छानबिन गर्न दुई दिनको समय मागेका कारण त्यतिन्जेल पर्खने र चित्तबुझ्दो कारबाही नभए विरोधका कार्यक्रम गर्ने संयोजक राईले जानकारी दिनुभयो । 

अस्पताल विकास समितिलाई नै जानकारी नदिई सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण सामुदायिक अस्पतालमा पु¥याइनुमा मिलोमतोको आशङका गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ