असार २६, दैलेख | दैलेखमा आफ्नै छोरीलाई बलात्कार गर्ने बुवालाई जिल्ला अदालतले ३३ वर्ष कैद सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले उक्त फैसला गरेको हो।
गत चैत १ गते दैलेखका ५० वर्षीय बाबुले १७ वर्षीया आफ्नी छोरीलाई बलात्कार गरेका थिए। चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। उजुरीका आधारमा प्रहरीले अभियुक्त बुवालाई गिरफ्तार गरिएको थियो ।
बलात्कार पुष्टि भएपछि बुलावाई हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेरअनुसारको करणी मुद्दामा ८ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाइएको हो।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २२० को उपदफा २ (क) मा जन्माउने आमा छोरा वा बाबु छोरीको करणी भएमा जन्मकैद हुने व्यवस्था गरिएको छ।