२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा पाँच बजेपछि गुड्दैनन् सार्वजनिक यातायात

२०७३, १४ आश्विन शुक्रबार ०८:३५

कृष्ण खनाल, असोज १४, बुटवल । केही दिन पहिला काठमाडौं जान हिडेका रुपन्देहीको सौ.फर्साटिकर गाविस–४ जुगडियाका स्थानिय जीत बहादुर घर्तिमगर विच बाटो बाटै घर फकर्नु प¥यो । साँझ करिव ५ बजे फर्साटिर बजार नजिकै बाटोमा सार्वजनिक बस कुरेर बसेका उनी बाटो कुर्नुभन्दा पहिला नै बस छुटेछ ।

 त्यो दिन  उनी काठमाण्डौं जान पाएनन् । अर्को दिन विहान मात्र उनी बुटवल सम्मको  यात्रा गरेर काठमाण्डौ पुगे । उनी मात्र होईन, रुपन्देहीको दयानगर गाविस, सुर्यपुरा, मनमटेरिया, र अमुवा गाविसका स्थानियहरुको पिडा उनको जस्तै साँझ छ । अर्थात साँझ करिव ५ बजेबाट सार्वजनिक यातायातका साधानहरु पाउँदैनन् । सहर उन्मुख बजारको रुपमा पहिचान बनाउदै गरेका फर्साटिर सहर लगायतका विभिन्न स्थानबाट साँझ ५बजे पछि सार्वजनिक यातायातका साधानहरु नचल्दा स्थानियहरुले सास्ती खेप्नुपरेको छ ।

  स्थानिय जीत बहादुर घर्तिमगर भन्छन्–‘बाटोको हालत उस्तै खत्तम छ, ५ बजे पछि गाडी नपाउँदा झनै सस्या छ ।’ कुनै पनि व्याक्ति विरामी भएर बुटवल या अन्य स्थानमा जानको लागि एम्बुलेन्स र नीजि गाडी बाहेक अन्यको विकल्प नभएको स्थानिय अगुवा पदम विश्वकर्मा बताउछन् । उनका अनुसार एम्बुलेन्स समयमा पाउन मुस्कील हुन्छ, बुटवलबाट एम्बुलेन्स मगाउँदा बाटोको कारण समस्या छ, झ्याप एबुलेन्स आउन मान्दैनन् भने नीजि गाडी पाउन पनि मुस्कील छ । ’

यता, पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका बुटवल–फर्साटिकर–सुर्यपुरा रुट समितिका संयोजक शोभाखर भण्डारीका अनुसार साँझ  साढे ६ बजे सम्म बस गुड्ने गरेको बताउछन् । उनले बुटवलबाट छुटेको गाडी फर्साटिकर हुदै मैनहिया सम्म जाने गाडी अन्तिम ६ बजे सम्म गाडी गुड्ने उनको भनाई रहेको छ  ।  स्थानियहरुले  यदि साँझ सम्मपनि  सार्वजनिक यातायातका साधानहरु गुड्नुप¥यो भनेर पश्चिम नेपाल बससंग संमन्वय गर्न आएमा छलफल गर्न सकिने पश्चिम नेपाल बस व्ययवसायी संघले जनाएको छ । रुट ईन्चार्ज भण्डारी भन्छन्–‘हामी संग स्थानियहरुले साँझको समय बढाउनको लागि आग्रह गर्नुभएमा हामी संमन्वय गर्न सक्छौं । ’

पश्चिम नेपाल वस व्यवसायी संघ मार्फत बुटवलबाट दैनिक सुर्यपुरा ५ वटा बसले २० टिप गर्दछन् भने बुटवलदेखि रामपुर कलौनी हुदै मैनहियासम्म दैनिक २ वटा गाडीले ४ टिप गर्दछन् भने फर्साटिकर हुदै सुर्यपुरा जाने बाटोमा पुल नभएको कारण गाडी  जादैन ।

स्थानियहरुको माग अनुसार पश्चिम नेपाल बस व्यवसायी संघले संमन्वय गर्न तयार रहेको भन्दै स्थानिय एक जना यात्रु भएपनि गाडी गुड्नुपर्ने भन्दा पनि आम सर्वसाधारणहरुको माग अनुसार  गाडी आएमा यसको व्यस्थापन हुने जनाएको छ ।

सडकको अवस्था विग्रीएको कारण थप समस्या बेहोर्न बाध्य भएको  रुट संयोजक भण्डारी बताउछन् ।  ‘सबैको अपेक्षा अनुसार हामी सेवा मुलक व्यवसायहरुमा छौं सेवा ग्राहीहरुको सेवमा हामी नितरन्तर छौं ।’

सडकको अवस्था सुधारका लागि सरकारी निकायबाट खासै ध्यान नदिएको कारण सार्वजनिक यातायातका साधानहरु पटक पटक विग्रीने अवस्था आएको भन्दै यातायात व्यवसयायीहरुले ग्रामिण क्षेत्रमा चल्ने वाटोलाई सुधार गर्न आग्रह गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह