२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

दलित सचेतना समाजको बजेट ४ करोड बढी

२०७३, १४ आश्विन शुक्रबार ०८:५०

प्रकाश धौलाकोटी/असोज १४, तेह्रथुम । दलित सचेतना समाज नेपालले आर्थिक वर्ष २०७३/०७४ कालागि ४ करोड बढीको बजेट सार्वजनिक गरको छ । 

संस्थाको साधारण सभाले चालु आर्थिक वर्ष २०७३÷०७४ कालागि ४ करोड ६७ लाख ४० हजार ६ सय ६६ रुपैयाँ बराबरको प्रस्तावित बजेट पास गरेको निर्देशक कुमार विशंखेले जानकारी दिए ।

 त्यसमध्ये प्रशासनिकतर्फ २१ लाख ५१ हजार ५ सय ३९ रुपैयाँ, सामाजिक परिचालन तथा क्षमता विकासमा २८ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ ३ लाख ३९ हजार रुपैयाँ, झोलुङ्गे पुल निर्माणमा ८ लाख ९७ हजार रुपैयाँ, तरकारी पकेट क्षेत्रतर्फ ४ लाख ९९ हजार ८ सय ३३ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

संस्थाको आफ्नै हलमा आयोजित साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन अडियो भिजुवल प्रविधिबाट प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाले आर्थिक वर्ष २०७२÷०७३ मा २ करोड १८ लाख ९३ हजार २ सय ८४ रुपैयाँ बराबरको कारोबार गरेको छ । 

संस्थाले आफ्नै तथा समुदायको लागतमा सो आर्थिक वर्षभित्र ३ करोड ७४ लाख १७ हजार ४९ रुपैयाँका विभिन्न कार्यक्रम सन्चालन गरेको जनाएको छ । त्यसमध्ये ६२ लाख ६ सय २३ रुपैयाँ जनशक्ति परिचालन र व्यवस्थापन, १ करोड १६ लाख ७२ हजार २ सय ६१ रुपैयाँ समुदायको क्षमता विकास र शशक्तिकरणमा, ४० लाख १५ हजार रुपैयाँ घुम्तीकोष तथा १ करोड ५५ लाख २३ हजार ७६५ रुपैयाँ भौतिक संरचना निर्माणमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी कृष्णबहादुर बस्नेत र मनकुमारी लिम्बूलाई पुरस्कृत गरेको छ । यस्तै उत्कृष्ट सामुदायिक संस्थातर्फ बसन्तपुरको भुल्के सामुदायिक संस्था, सुदापको सुनगाभा सामुदायिक संस्था, फाक्चामाराको चन्द्रमुखी सामुदायिक संस्था, म्याङलुङ्गका देवी चौतारा महिला समूह र लामाटोल नागरिक सचेतना केन्द्र तथा उत्कृष्ट उद्यमीको रुपमा कालिखोला सामुदायिक बन उपभोक्ता समूहकी लालीमाया मगरलाई पुरस्कृत गरेको छ । 

साधारण सभाको खुला सत्रमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, विशेष अतिथि पुर्व जिविस सभापति किशोरचन्द्र दुलाल, गैरसरकारी संस्था महासंघका पुर्वान्चल क्षेत्रीय समिति सहसचिव अर्जुन ढुंगाना, नेकपा एमालेका जिल्ला उपाध्यक्ष सन्जय तुम्बाहाम्फे, संघीय समाजवादी फोरमका जिल्ला सचिव तिर्थ अधिकारी, राप्रपाका इन्द्र कोइराला, नेकपा मालेका जिल्ला सचिव यामनाथ दाहाल, राष्टिय जनमोर्चाका जिल्ला सचिव भीम विक, मधेशी जनअधिकार फोरमका जिल्ला सचिव सुवर्ण सुवेदी, जिविस स्थानीय विकास कोषका कार्यकारी सचिव कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष उद्धव तिम्सीना, महिला मानव अधिकार रक्षक सन्जालकी अध्यक्ष शान्तिला कार्की, गैरसरकारी संस्था महासंघका जिल्ला प्रेम फोम्बो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष अनभुतिबम नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो