2026-10-18 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

महासंघले दियो सुवेदीलाई मान्यता

प्रकाश धौलाकोटी/असोज १४, तेह्रथुम । नेपाल उद्योग वाणिज्य महासंघले तेह्रथुम उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष महेन्द्रप्रसाद काफ्लेले बोलाएको अधिवेशनबाट निर्वाचित शेखर सुवेदी नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको छ । 

महासंघले तत्कालिन अध्यक्ष काफ्लेले बोलाएको साधारण सभाबाट निर्वाचित समितिलाई मान्यता दिन भनिएको पुर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको सुझाव अनुसार सुवेदी नेतृत्वको समितिलाई मान्यता दिएको जनाएको छ । सदस्यता विवतण तथा नवीकरणका विषयमा विवाद भएपछि तत्कालिन अध्यक्ष महेन्द्रप्रसाद काफ्ले र महासचिव राजिब ढुंगानाले छुट्टा–छुट्टै अधिवेशन बोलाएका थिए । 

अधिवेशनबाट छुट्टा छुट्टै कार्यसमिति समेत बनेका थिए । तर तत्कालिन अध्यक्ष काफ्लेले बोलाएको साधारण सभा तथा अधिवेशनमा महासंघको कार्यकारिणी समिति सदस्य तथा उद्यम महाशाखाका सह–संयोजक नरेन्द्र खड्का समेत सहभागी भई कार्यक्रमको समुद्घाटन गरी औपचारिक रुपमा साधारण सभा भएको भन्दै सुवेदी नेतृत्वको समितिलाई मान्यता दिइएको बताइएको छ । 

पुर्वान्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंकप्रसाद दुलालले केन्द्रीय महासंघलाई दिएको सुझावमा भनिएको छ, ‘तत्कालिन अध्यक्ष महेन्द्रप्रसाद काफ्लेको अध्यक्षतामा विधिवत रुपमानै साधारण सभा गर्ने निर्णय बमोजिम निर्वाचन समिति समेत गठन भई निर्वाचन गराई प्रमाण पत्र समेत वितरण गरेको देखिन गएकाले नवनिर्वाचित अध्यक्ष शेखर सुवेदी लगायतको कार्यसमितिको टिम विधिवत र विधान सम्बत् भएको देखिन्छ ।’ 

जिल्ला नगर उपाध्यक्षलाई सम्बोधन गरेर पठाइएको सो सुझाव पत्र लाई आधार मानेर महासंघले सोही बमोजिम गराउन भनेर पत्राचार गरेको छ । सो सुझाव पत्रमा ‘जिल्ला प्रशासन कार्यालयले उद्योग वाणिज्य संघलाई स्वायत्त संस्था रहेको भन्दै सानातिना सकारात्मक समस्याले संघ झन् मजबुद हुनेछ ।’ भन्ने समेत उल्लेख छ ।

पत्र र सुझाव दुवैको बैधानिकता छैन 

यता तत्कालिन महासचिव ढुंगानाले बोलाएको अधिवेशनबाट निर्वाचित समितिले भने महासंघका पुर्वाञ्चल अध्यक्षको सुझाव तथा केन्द्रीय महासंघका कर्मचारीले हस्ताक्षर गरेर पठाएको पत्रमा कुनै बैधानिकता नभएको बताएका छन् । 

बुधबार ढुंगाना पक्षका महासचिव शरदमणि दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा ती पत्र तथा सुझाव एक आपसमा बाझिएको भन्दै भ्रममा नपर्न आग्रह गरिएको छ । विज्ञप्तिमा दाहालले आफु पक्षको समिति संघको बाहुल्य सदस्यहरुको उपस्थितिमा भएको भन्दै आफुहरु नै आधिकारिक उद्योग वाणिज्य संघ भएको दाबी गरेका छन् । 

कानुनी सल्लाह लिएर अघि बढ्छुः प्रजिअ

यसैबीच प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले भने यस विषयमा बोल्न चाहनुभएनँ । उहाँले हामीसँगको टेलिफोन कुराकानीमा संघका दुई वटै समितिले आफुहरुलाई आधिकारिक भनेर दाबी गरिरहेकाले त्यससम्बन्धी कानुनी सल्लाह लिएर मात्रै आफ्नो धारणा तय गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु