पूर्णप्रसाद न्यौपाने/असोज १४, ओखलढुंगा । ओखलढुंगामा प्रहरीले सय लिटर अवैध घरेलु मदिरा बरामत पछि नष्ट गरेको छ ।  

विहिबार विहान सदरमुकामका प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असोज १४, ओखलढुंगा । ओखलढुंगामा प्रहरीले सय लिटर अवैध घरेलु मदिरा बरामत पछि नष्ट गरेको छ ।  

विहिबार विहान सदरमुकामका प्र"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा सय लिटर घरेलु मदिरा नष्ट (फोटो फिचर)

१४ आश्विन २०७३, शुक्रबार १२:३०


पूर्णप्रसाद न्यौपाने/असोज १४, ओखलढुंगा । ओखलढुंगामा प्रहरीले सय लिटर अवैध घरेलु मदिरा बरामत पछि नष्ट गरेको छ ।  

विहिबार विहान सदरमुकामका प्रवेशद्धार मानिने रमाईलो डाँडा,जिविस चौक र मिलन चौक लगाएतका स्थानबाट बरामत गरेको सय लिटर मदिरा प्रहरीले सरोकारवालाहरुको उपस्थितीमा नष्ट गरेको हो । 


बरामत गरिएको अबैध घरेलु मदिरा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावली,जिल्ला प्रहरी प्रमुख मिलन केसी सहितका जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय परिषरमा नष्ट गरिएको थियो ।

कानुनले निषेध गरेको अवैध घरेलु मदिरा खुलेआम सदरमुकामका पसलहरुबाट विक्रि भईरहेको भन्ने जानकारी पाएपछि मदिरा भित्र्याउने नाकाहरुमा कडाई गरिएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताउनुुभयो । उहाँले जिल्लाका होटल व्यवसायिहरुलाई बोलाएर छलफल गर्ने र त्यस पश्चात पनि गैरकानुनी तवरले अवैध मदिरा उत्पादन तथा विक्रि गरेको पाईएमा कडा कानुनी कारबाहि गर्ने चेतावनी दिनुभयो ।


 केहि समय अघि स्थानिय सञ्चारमाध्यमहरुबाट स्थानिय प्रशासनले अनुगमन र कारबाहिमा कडाई गर्न नसक्दा ओखलढुंगामा खुलेआम अवैध घरेलु मदिराको कारोबार बढेको समाचारहरु सार्वजनिक भएको थियो । व्यावसायीक प्रयोजनले घरेलु मदिरा उत्पादन र विक्रि गर्नु कानूनतः अपराध हो ।


तर ओखलढुंगाका सबैजसो स्थानमा कानूनको खिल्ली उडाउँदै स्थानियले अवैध मदिरा उत्पादन तथा विक्रि वितरण गरिरहेका छन् । मदिराको कारोबार बढेसँगै अपराधीक कृयाकलाप पनि बढ्ने भएकाले रोकथामका लागि पहल आवश्यक रहेको चौतर्फि आवाज उठ्ने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी