२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

२०८०, ७ श्रावण आईतवार ०५:१५

साउन ७, पोखरा | पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी दिएको हो ।

यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णयअनुसार आजदेखि पार्किङमा प्रतिबन्ध लगाइएको हो । 

बसपार्क क्षेत्रमा सडक पार्किङ बन्द गर्न आज बिहानैदेखि महानगर प्रतिनिधि, ट्राफिक प्रहरी लगायत खटिएका छन् ।

बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । 

पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १८७ रोपनी छुट्याइएको थियो । तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा अनधिकृत बसोबास बढ्दा अधिकांश सवारी साधन बसपार्क बाहिर पृथ्वीराजमार्गकै किनारामा पार्किङ गर्ने गरिएको छ ।

पोखरा–१६ का वडाध्यक्ष तिमिल्सिनाका अनुसार बसपार्क भित्र कम्तिमा १ सय ५० सवारी साधान पार्किङ गर्न सकिने गरी ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु