२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एलओडी प्रकरणमा दुई कर्मचारीलाई धरौटीमा छाड्न आदेश

२०८०, १० श्रावण बुधबार १२:११

साउन १०, काठमाडौं | ठमेलस्थित लर्ड अफ ड्रिङ्समा नाबालिगलाई प्रवेश दिएको प्रकरणमा पक्राउ परेका दुई कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरले गरेको जबरजस्ती करणी सम्बन्धी एउटा अनुसन्धानका क्रममा एलओडीमा नाबालिगलाई प्रवेश गराएको खुलेको थियो । त्यसपछि दुई सञ्चालकलाई पक्राउ गरेर ललितपुर प्रहरीले काठमाडौं प्रहरीलाई जिम्मा लगाएको थियो ।

काठमाडौं प्रहरीले अनुसन्धानका क्रममा क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई र कर्मचारी सपना ढुंगानालाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई अदालतले बुधबार धरौटीमा छाड्ने आदेश दिएको हो ।

एलओडीका सञ्चालक रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पहिल्यै हाजिरी जमानतमा छाडेको थियो । उनीहरुविरुद्ध मुद्दा दर्तासमेत भएको थिएन ।

रुदिल र सुवाल दुवैले आफूहरु त्यसबेला क्लबमा नभएको भन्दै इन्ट्रान्स गेटमा खटिएका कर्मचारी सेढाईँ र ढुंगानालाई पीडित र उनकी साथीले झुक्याएर कसरी प्रवेश गरे भन्ने सम्बन्धित कर्मचारीबाटै बुझिपाउँ भन्दै बयान दिएका थिए । त्यसपछि काठमाडौं प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको थियो ।

रुदिलले बयानमा आफ्नो क्लब राति ८ बजेदेखि सुरु भएर बिहान ३/४ बजेसम्म सञ्चालन हुने भन्दै क्लबमा सेवाग्राहीले आएर सुरुमा काउन्टर अगाडि परिचय पत्र देखाएर मात्र प्रवेश गराउने गरेको दाबी गरेका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, ३१ जेठमा बिहान ३ बजे ललितपुर-४ स्थित डेरामा १५ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् । त्यसबारे अनुसन्धानका गर्ने क्रममा उनलाई एलओडी क्लबबाट त्यहाँसम्म ल्याएर बलात्कार गरेको खुलेको थियो ।

त्यसक्रममा उनको उमेर १५ वर्ष ११ महिना ४ दिन देखिएपछि ललितपुर प्रहरीले नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा सञ्चालकमाथि पनि अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु