२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीको घाँटी रेटी हत्या गर्ने भारतीय नागरिक सार्वजनिक

२०८०, ११ श्रावण बिहीबार ११:१८

साउन ११, काठमाडौँ | आफ्नै श्रीमतीको हत्या गर्ने भारतीय नागरिकलाई बारा प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने भारत पूर्वी चम्पारण ढाका थाना रुपैलिया घर भएका ३१ वर्षीय मोहमद अमानुल्लाह मियाँलाई सार्वजनिक गरेको हो।

बुधबार बिहान बाराको सिम्रौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली आएका मियाँले आफ्नी श्रीमती २२ वर्षीया आसमिन खातुनको हत्या गरेका थिए।

उनले घरायसी विवाद हँुदा मासु काट्ने हतियारले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जयकृष्ण कुर्मीले जानकारी दिए।

हत्या भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगगढ बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिगएको प्रहरी टोलीले घटनास्थलबाट भाग्दै गरेका मियाँलाई पक्राउ गरेको थियो।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियारसमेत बरामद गरेको कुर्मीले बताए। एक छोरा र दुई छोरी रहेको मियाँले यसअघि पनि पटकपटक श्रीमतीमाथि आक्रमण गर्ने गरेको भनी खुलेको उनले बताए।

पक्राउ परेका मियाँलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु