२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंमा ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्ध, माइक्रोमिटरले नाप्न खटाइयाे टाेली

२०८०, १२ श्रावण शुक्रबार १२:२६

साउन १२, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक उपयोगमा प्रतिबन्ध लगाएको छ । जसकाे कार्यान्वयनका लागि अबदेखि महानगरले पोलिथिनको मोटाइ नाप्न टाेली परिचालन गरी अनुगमन गर्ने भएको छ ।

मेयर बालेन्द्र शाह बालेनले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर प्रयोग गरिने उल्लेख गरेका छन् । महनगरलाई भन्दा पनि महानगरबासी र वातावरणका लागि यसो गरिएको उनको भनाइ छ ।

उनले अहिलेसम्म बिग्रिएको अवस्थामा सुधार ल्याउन र बचेको अवस्थालाई संरक्षण गर्न मानव आचरण र व्यवसायिक क्रियाकलापमा सुधार गर्नुपर्ने बताउँदै महानगरभित्र ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक उपयोग गर्न प्रतिबन्ध लगाएको जनाए ।


‘नागरिकको स्वच्छ वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ’, मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

जसका लागि महानगरपालिकाले प्रहरीको क्षेत्रबाट ४ र केन्द्रबाट एउटा गरी ५ टोली खटाइ प्रयोग भइरहेका प्लाष्टिकको जाँच गर्ने मेयर बालेनले उल्लेख गरेका छन् ।

पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्दै प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान प्रयोग गर्न नदिने महानगरको भनाइ छ ।

त्यस्तै, अनुगमनमा आउनु र जफत गर्नु अघि आयात, भण्डारण र बिक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध महानगरपालिकाले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु