२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दमकका प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमै अनैतिक काम गरेको भिडियो सार्वजनिक, प्रमाण मेटाउन रंगरोगन

२०८०, १४ श्रावण आईतवार ०७:१७

साउन १४, झापा । झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ । 

निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लट्ठ रहेको देखिन्छ । रक्सीले टिल भएकी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । यद्यपि, उनीहरु पतिपत्नी होइनन् ।


दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबु हुन् । उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव हुन् । भिडिओकी महिला भने डिभोर्सी भएको बुझिएको छ । स्रोतका अनुसार उनी स्थानीय एक व्यवसायीको पूर्व पत्न्नी हुन् ।

निरौलाले भने यो भिडियो काठमाडौँको भएको दाबी गरेका छन् । काठमाडौँमा जन्मदिन मनाउँदाको भिडियो भएको दाबी गर्दै उनले धेरै जना ग्रुपमा हुँदाको भिडियो कसरी बाहिरियो आफू पनि अचम्मित रहेको जिकिर गरे ।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । भिडियोले दमक नगरपालिकाकै बदनाम भएको उनको भनाइ छ । प्रशासकीय अधिकृतकी श्रीमतीसहित परिवार भने काठमाडौँमा बस्दै आएको बताइएको छ ।

यसैबीच भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । उनले नगरपालिका परिसरमा रहेको क्वाटरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन् ।

घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वाटरस्थित बेडरुमको रंग परिवर्तन गरेको स्रोतले बतायो । पहिलेको हरियो रंग बदलेर उनले पहेँलो रंग दल्न लगाएका छन् । निरौलाले भने क्वार्टरभित्र बेडरुमको रंगरोगन गर्नु संयोग मात्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु