२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मौसमी कामदारका लागि कसैलाई पनि पैसा नबुझाउन मन्त्रालयको आग्रह

२०८०, १४ श्रावण आईतवार १२:३६

साउन १४,  काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको लागि भन्दै कसैलाई पनि पैसा नबुझाउन आग्रह गरेको छ । मौसमी कामदारको लागि सरकारले कसैलाई पनि श्रम स्वीकृति प्रदान नगर्ने भन्दै त्यस्ताका पछाडि नलाग्न अनुरोध गरेको हो ।

दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारको रूपमा पठाइदिने भन्दै ठगीका घटना बढ्दो क्रममा छ । यस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ताको पछि नलाग्न भनेको हो । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रलोभनमा नपर्न भनेका हुन् ।

‘मौसमी कामदारको रुपमा वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्रदान गरिएको छैन । तसर्थ मौसमी कामदारको भीसामा दक्षिण कोरिया लगायतका अन्य देशहरुमा जान कोही कसैलाई रकम बुझाउने कार्य नगर्न नगराउन साथै कोही कसैले व्यक्तिगत वा संस्थागत रुपमा दक्षिण कोरिया लगायत अन्य मुलुकहरुमा मौसमी कामदारको रुपमा पठाइदिने भनी रकम माग गरेमा तपशीलको सम्पर्क ठेगानामा सूचना दिई अनधिकृत रुपमा वैदेशिक रोजगारको आवरणमा हुने सबै प्रकारका ठगी निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि अनुरोध छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ट्राभल एडभाईजरी डकुमेन्ट मार्फत नेपालीहरूलाई म्यानमार पुर्‍याई अलपत्र पारेको घटना बाहिर आइरहेका छन् । उनीहरूलाई चरम यातना दिइरहेको समेत घटना बाहिर आएका छन् ।

त्यस्तै वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति लिएर मात्र जान मन्त्रालयले सबैमा अनुरोध गरेको छ । श्रम स्वीकृति बाहेक कुनै प्रकारको कागजातको आधारमा वैदेशिक रोजगारीमा नजान सबैमा अनुरोध गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो