२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फोनपेबाट विद्युतको बिल तिर्ने अनुपले जिते आईफोन १३

२०८०, १५ श्रावण सोमबार ११:०३

साउन १५, काठमाडौँ | नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने हो’ नामक योजना अन्तर्गत एक भाग्यशाली  बिजेताको घोषणा गरेको छ । 

उक्त योजना गत जेष्ठ महिना भरि लागू गरिएको थियो । यस योजनाले हजारौँको संख्यामा ग्राहकहरुको सहभागिता देख्नु को साथ साथै देश व्यापीरुपमै सकारात्मक प्रतिकिया प्राप्त गरेको थियो ।


यस योजनामा आफ्नो सहभागिता जनाउन ग्राहकहरुले तोकिएको अवधिभर बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोनपे को बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने सर्त लागु गरिएको थियो ।

काठमाडौँ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा साउन ११ गते यस योजनाका भाग्यशाली  विजेता अनुप  सिकर्मीलाई आईफोन १३ हस्तान्तरण गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले सिकर्मीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । कुलमान  घिसिंगले विजेतालाई बधाई  दिदै  फोनपेले  नेपालमा विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालेका विभिन्न कदमको प्रशंसा गरेका थिए । 

‘भुक्तानीका  विभिन्न विद्युतीय  माध्यमहरुले  नेपाललाई  नयाँ युगमा  प्रवेश  गराएको  छ ।  पछिल्ला  दिनहरुमा   यस्ता  प्रविधिहरुले सबैको  समय  बचाउनुको  साथ  साथै  अन्य धेरै  सहुलियत प्रदान  गर्दै  आएको छ।  म नेपाल विद्युत प्राधिकरणका सम्पूर्ण  ग्राहकहरु  माझ बिजुलीको  शुल्क  तिर्दा  विद्युतीय भुक्तानीका  माध्यमहरु  प्रयोग गर्न आग्रह गर्दछु,’ घिसिङले भने ।

फोनपेका  प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले  पनि  आफ्नो  संस्थाको  लक्ष्य  भनेकै  सम्पूर्ण नेपाली  ग्राहकहरुलाई विद्युतीय  भुक्तानी  प्रणालीमा  प्रवेश  गराई  विभिन्न  सुविधाहरु  थप्दै  जाने  र  पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई  सजिलो  बनाउदै  लैजाने प्रतिबद्धता जनाए ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो