२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेखा थापाको ‘उपहार’मा बेनिशा हमाल र मिस्टर नेपाल समर्पणजंग कार्की अनुबन्धित

२०८०, १५ श्रावण सोमबार ११:४७

साउन १५, काठमाडौँ | रेखा फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘उपहार’मा कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेत्री बेनिशा हमाल र गत साता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की पनि फिल्ममा जोडिएका छन् ।

निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको जानकारी दिइन् । बेनिशासँग आइतबार र समर्पणसँग उनी मिस्टर नेपाल घोषित हुनुअघि नै साइन भइसकेको रेखाले बताइन् ।

बुद्ध एयरका व्यावसायिक पाइलट समेत रहेका कार्कीको यो डेब्यु फिल्म हुनेछ । ‘रेखा फिल्म्सले पहिलेदेखि नै नयाँ प्रतिभा र कलाकारलाई डेब्यु गराउँदै आइरहेको छ । त्यसैको निरन्तरतास्वरुप मिस्टर नेपाल कार्कीलाई डेब्यु गराएका हौं,’ रेखाले भनिन् ।

‘उपहार’ निर्देशक समेत रहेका ज्ञानेन्द्र देउजा र रेखाको सहकार्य रहेको फिल्म ‘हिफाजत’मा अहिलेका चर्चित सिनेम्याटोग्राफर विष्णु कल्पित र अभिनेता आयुष रिजालले डेब्यु गरेका थिए । अहिलेको फिल्मलाई पनि कल्पितले खिच्ने भएका छन् । आइतबार कल्पितसँग पनि सम्झौता भएको छ ।

फिल्मको शीर्ष भूमिकामा यसअघि रेखासहित पूजा शर्मा र मुकुन भुसाल पनि फाइनल भइसकेका छन् । फिल्मको छायांकन भदौ ७ गतेदेखि सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो