२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पानी नपरेपछि रोपाइँ गर्न दमकलकाे प्रयोग

२०८०, १६ श्रावण मंगलवार ०९:१०

साउन १६, काठमाडौँ | रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो । 

किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ की हुँदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन सय तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए । 

गण्डक नहरमा पानी छैन । स्थानीय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । “आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ”, पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भने । गत वर्ष पानीको सुविधा भएपनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो । यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा किसानलाई समस्या भएको छ ।  

पर्सामा साउनको दोस्रो साता वित्दा समेत ५० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उनले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो