२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको होटलमा विराटनगरका व्यवसायीको शंकास्पद मृत्यु

२४ श्रावण २०८०, बुधबार ०६:००

साउन २४, सिरहा | सिरहाको मिर्चैया नगरपालिका-६ स्थित शम्भु होटलमा विराटनगरका एक व्यवसायी मृत भेटिएका छन् ।

विराटनगर उपमहानगरपालिका-१० का २५ वर्षीय सिद्धान्त भट्टराई मृत अवस्थामा फेला परेका हुन् । छतबाट लडेर मृत्यु भएको आशंका गरिएपनि उनको घटना रहस्यमय देखिएको छ ।

मृतक भट्टराई विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा चालकसहित मिर्चैया आएका थिए । उनी कपी (अभ्यास पुस्तिका) को मार्केटिङ्ग गर्दै आएको खुलेको छ ।

भट्टराईले गाडी चालक सागर राईसँगै बस्ने भनेर सहदेव होटलमा कोठा बुक गराएका थिए । कोठा बुक गरेर एक्लै हिँडेका उनी मध्यरातमा शम्भु होटलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले उनको मृत्यु कसरी भएको विषयमा अहिले केहि भन्न नसकिने बताए ‌।

उनले भने, ‘छातीमा चोट लागेको देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार सहदेव होटलमै खाजा र खाना खाएका भट्टराई शम्भु होटलमा कसरी गए भन्ने छानविनको विषय रहेको बताए । चालकसँग सोधपुछपछि धेरै कुरा खुल्न सक्छ ।

शम्भु होटलका सञ्चालक शम्भु साहले भट्टराई राति करिब ११ बजे आफ्नो होटलमा आएको बताए ।

‘उहाँले वियर मागेर पिउनुभो र केहीबेरमा शौचालय कता छ ? भन्दै सोधेपछि मैले शौचालय देखाइदिए । त्यसपछि के भयो थाहा भएन ‘, साहले भने ।

शव अहिले घटनास्थलमै रहेको छ । मृतकका आफन्त आएपछि शव पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै