२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘छानबिन समिति मागेर प्रधानमन्त्री हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याइयोस्’

२०८०, २४ श्रावण बुधबार ०९:३१

साउन २४, काठमाडौँ | राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुन तस्करीलगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरू गरेर सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरेका छन् ।

‘उच्चस्तरीय छानबिन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्नसक्छ र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्छ । प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव दिन्छु’, गौतमले भने ।

सरकारले नै छानबिनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने उनको राय छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ