मादक पदार्थ सेवन गरी छोरीलाई विष खुवाएर मार्ने बाबु पक्राउ

Posted on: 09 Aug, 2023

साउन २४, सुनसरी | सुनसरीमा विष खुवाएर आफ्नै छोरी मार्ने गर्ने बाबु पक्राउ परेका छन् ।

सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईले बताए । उनका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी राधिकालाई स्थानीयले उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।

मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि यस्तो अपराध गरेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!