२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोशीमा स्वास्थ्य मन्त्री बनिन् जसपाकी निर्मला लिम्बू

२०८०, २६ श्रावण शुक्रबार १२:०७

साउन २६, काठमाडौँ | कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बू आज स्वास्थ्य मन्त्री बनेकी छन्। 

प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार लिम्बूलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन्।


सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनी साउन १६ मा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। 

यसअघि सत्ता गठबन्धनका दलहरू कांग्रेस , माओवादी , एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त भैसकेको प्रदेशमा आज जसपा पनि सामेल भएको हो।

मुख्यमन्त्री थापाले प्रदेशमा कोशी नामविरूद्ध आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि आफू सरकारमा सामेल हुन लागेको लिम्बूले बताएकी थिइन्।

मुख्यमन्त्री थापाले विज्ञप्ति जारी गरेर यस्तो प्रतिबद्धता जनाएका हुन्। 

जसपा सांसद निर्मला लिम्बू यसअघि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री थिइन्। केन्द्रमा जसपाले एमालेको साथ छाडेर सत्ता गठबन्धनमा सामेल भएपछि उनले राजीनामा दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ