घर नजिकै गाडिएको अवस्थामा एक महिलाको शव फेला, श्रीमान फरार

Posted on: 12 Aug, 2023

साउन २७, तेह्रथुम | तेह्रथुमको आठराई गाउपालिका–१ सक्रान्तिमा आफ्नै घर नजिकै गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

यही साउन १४ गते घरबाट बेपत्ता भएका २४ वर्षीया रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा शनिबार दिउसो भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमकाले जानकारी दिए ।

घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान राजकुमार श्रेष्ठ पनि केही दिन अघि बेपत्ता भएका थिए । 

श्रीमान श्रीमती नै एकाएक हराएपछि रेशिकाको माइतीले खोजीका लागि इलाका प्रहरी कार्यालय सक्रान्तीबजारमा खबर गरेका थिए । 

फरार श्रेष्ठको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!