२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब क्रिकेटमा पनि रेड कार्ड !

२०८०, २८ श्रावण आईतवार ०६:१२

एजेन्सी | सामान्यतः विश्व खेलकुदमा ‘रेड कार्ड’ भन्दा फुटबलको सम्झना आउँछ । मैदानमा खेलिरहेका खेलाडीले गम्भीर गल्ती गरेमा रेफ्रीले खेलाडीलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाउन सक्छन्, फुटबलमा ।  तर, विश्व खेलकुदको अर्को लोकप्रिय खेल क्रिकेटमा भने रातो कार्डको चर्चा हुँदैन । तर, यसै महिना सुरु हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘क्यारेबियन प्रिमियर लिग’ मा भने पहिलो पटक रातो कार्डको प्रयोग गरिने भएको छ । 

‘क्यारेबियन प्रिमियर लिग’ को पुरुष तथा महिला दुवै प्रतियोगितामा रातो कार्डको प्रयोग गरिने समाचारमा जनाइएको छ । खेलका क्रममा गल्ती गर्ने खेलाडीलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाउन सक्ने अधिकारसम्म अम्पायरलाई दिइने भएको छ । 

क्रिकेटमा यो नियमलाई प्रयोगका रूपमा सुरु गर्न लागिएको बताइएको छ । क्यारेबियन प्रिमियर लिगमा खासगरी ‘स्लो ओभर रेट’ का कारणले यो नियम लागू गर्न लागिएको हो । अहिलेसम्म विश्व क्रिकेटमा ‘स्लो ओभर रेट’ मा सम्बन्धित खेलाडीलाई जरिवाना मात्र तिराउने गरिन्छ । 

यसैगरी तीनपटक ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका कप्तानलाई एक खेलको प्रतिबन्धसम्म लगाउने नियम अहिले छ । यति हुँदा पनि अहिले विश्व क्रिकेट ‘स्लो ओभर रेट’ को समस्याबाट मुक्त हुन सकेको छैन ।  ‘स्लो ओभर रेट’ का कारण पछिल्लो समय टीट्वान्टी क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न रातो कार्डको नियम लागू गरिएको क्यारेबियन प्रिमियर लिगका सञ्चालन निर्देशक माइकल हल बताउँछन् ।  

आगामी सिजनको क्यारेबियन प्रिमियर लिगमा १८औँ ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीको एकजना खेलाडीलाई फिल्डिङ सर्कलको भित्र बोलाइने छ । यस्तो अवस्थामा फिल्डिङ सर्कलभित्र चारको सट्टा पाँच जना खेलाडी रहने छन् ।  यसैगरी १९ औँ ओभरभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका दुईजना खेलाडीलाई ३० यार्डको सर्कलभित्र बोलाइने छ । यस्तो स्थितिमा ३० यार्डको सर्कलभित्र चारको सट्टा ६ जना खेलाडी थुप्रिने छन् ।

तर, २०औँ तथा अन्तिम ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका एकजना खेलाडीलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइने छ । कुन खेलाडीलाई मैदानबाट बाहिर पठाउने भनेर छान्ने अधिकार भने ब्याटिङ गरिरहेको टोलीको कप्तानलाई दिइने छ ।  अर्थात, ब्याटिङ गरिरहेको टोलीको कप्तानले छानेको एकजना खेलाडी (फिल्डिङ गरिरहेको टोलीको) लाई मैदानबाट बाहिरि पठाइने छ । त्यसपछि फिल्डिङ गरिरहेको टोली १० खेलाडीमा समेटिने छ । यसका अतिरिक्त उक्त टोलीका ६ जना फिल्डिर पनि ३० यार्डको घेराभित्र रहने छन् ।

फिल्डिङ गर्ने टोलीका कारण मात्र सधैं टीट्वान्टी प्रतियोगिताको सहय लम्बिने होइन । कतिपय अवस्थामा ब्याटिङ गर्ने टोलीको बदमासीका कारण पनि प्रतियोगिताको समयावधि लम्बिन पुग्छ । यस्तो स्थितिमा ब्याटिङ गर्ने टोलीका खेलाडीले पनि सजाय पाउने छन् । 

त्यसैले ब्याटिङ गर्ने टोलीको बदमासी देखिएमा अम्पायरले सबैभन्दा पहिले उक्त टोलीका कप्तानलाई चेतावनी दिनेछन् । त्यसपछि पनि ब्याटिङ गर्ने टोलीको बदमासी कायमै रहे अम्पायरले जरिवाना स्वरूप पाँच रन घटाउने छन् । क्यारेबियन प्रिमियर लिग टीट्वान्टी प्रतियोगिताको आगामी सिजन अगस्ट १७ तारिखबाट सुरु हुँदैछ । टीट्वान्टी प्रतियोगितामा प्रत्येक पाली ८५ मिनेटको हुनेछ । १७औँ ओभरको खेल ७२ मिनेट १५ सेकेन्डमा सकिनु पर्छ । 

यसैगरी १८औँ ओभरको खेल ७६ मिनेट ३० सेकेन्डभित्र सकिनु पर्छ । १९औँ ओभरको खेल ८० मिनेट ४५ सेकेन्डभित्र सकिनु पर्छ । २०औँ तथा अन्तिम ओभरको खेल भने ८५ मिनेटभित्र सकिनु पर्ने नियम रहेको छ । आगामी सिजनको क्यारेबियन प्रिमियर लिग अगस्ट ३१ तारिखमा सकिने छ । क्यारेबियन प्रिमियर लिगको महिला प्रतियोगिता भने अगस्ट ३१ तारिखमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ