२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारी वर्षासँगै आएको पहिरोले अवरुद्ध छन् यी १२ सडक

२०८०, २८ श्रावण आईतवार ०६:५६

साउन २८, काठमाडौँ | मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिक अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभरका १२ सडकहरू अवरुद्ध रहेका छन् । पाँचथरको तमोर करीडोर बाढीका कारण अवरुद्ध रहेको छ । 


त्यसैगरी मदन भण्डारी राजमार्गको उदयपुर खण्ड पहिरोका कारण अवरुद्ध रहेको छ भने पासाङ ल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडक खण्ड पनि अवरुद्ध भएको छ । 

यता मकवानपुरमा कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड पहिरोले अवरुद्ध रहँदा पृथ्वी लोकमार्गको धादिङ खण्ड पहिरोकै कारण एकतर्फी मात्र सञ्चालनमा आएको छ । 

उता म्याग्दीमा बेनी जोमसोम सडकखण्डमा पहिरो आउँदा बाटो अवरुद्ध भएको छ भने पृथ्वी राजमार्गकाे तनहुँ खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ । बेनी जोमसोम सडकको मुस्ताङमा पहिरो गएको छ भने पहिरोकै कारण बेशीँसहर मनाङ सडक खण्ड अवरुद्ध रहेको छ । 

त्यस्तै अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थवाङ घोराही सडक खण्ड अवरुद्ध भएको छ, भने सुर्खेत दैलेख सडक खण्ड पनि एकतर्फ मात्र सञ्चालनमा आएको छ । कैलालीको भीमदत्त राजमार्ग भने पहिरोले पूर्ण अवरुद्ध रहेको छ । 

देशभर भारी वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा बाटोको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा तय गर्न ट्राफिक महाशाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते