सुनिल शर्मा पक्राउमा कांग्रेस प्रवक्ताको टिप्पणी- पार्टीभित्र भएपछि अनुशासनमा बस्न सक्नुपर्छ

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी सदस्य भएपछि सबै अनुशासनमा बस्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकपछि पार्टीको सांसद सुनिल शर्मालक्षित गर्दै संसदीय दलमा अनुशासन र मर्यादाबारे प्रश्न उठेको बताए ।


बैठकपछि उनले भने, ‘संसदीय दलका अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’

शर्माले आइतवार बिहानमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कांग्रेस र एमालेको सरकार निर्माणको पहल थाल्न आग्रह गरेका थिए । उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए देश तस्करहरूको अखडा बन्ने र उनीहरूको विरोध गर्नेलाई जेल हाल्ने दाबीसमेत गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!