५५ लाख बक्यौता तिरेसँगै सिम्रिक एयरकाे उडान प्रतिबन्ध फुकुवा

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ५५ लाख बक्यौता रकम तिरेको छ । सिम्रिकले सो रकम तिरेपछि क्यानले लगाएको उडान प्रतिबन्ध पनि हटाएको छ ।

सिम्रिक एयरले ५५ लाख १२ हजार ११२ रुपैयाँ बक्यौता रकम क्यालाई तिरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

भुलले भने, ‘सिम्रिक एयरले तिर्नुपर्ने बैक्यौता बापतको ५५ लाख १२ हजार ११२ रुपैयाँ बक्यौता रकम क्यालाई तिरेको छ । क्यानले प्रतिबन्ध रहेको सिम्रिक एयरको प्रतिबन्ध पनि बक्यौता तिरेसँगै हटेको छ ।’

वित्तीय अवस्था राम्रो नभएको भन्दै सिम्रिक एयरको सबै उडानमा रोक लागेको छ । क्यानले सिम्रिकले एयरलाई गत बिहीबारदेखि उडान रोकेको थियो ।

सिम्रिकले ४ वटा हेलिकप्टरमार्फत सेवा दिइरहेको थियो भने सिम्रिक एयर क्याप्टेन रामेश्वर थापाको हो । थापाको सिम्रिक एयरले क्यानको बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!