पहिरोका कारण पृथ्वी राजमार्ग पुनः अवरुद्ध

Posted on: 14 Aug, 2023

साउन २९, तनहुँ | तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । सोमबार बिहान पौने ७ बजे तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित पृथ्वी राजमार्ग सडक खण्डमा पहिरो खसेको हो । 

अबिरल वर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

उक्त पहिरो हटाउनका लागि स्थानीय पालिका, विपत व्यवस्थापन प्रहरी जनशक्ती र चाइनिज कम्पनीसँग आवश्यक समन्वय भइरहेको प्रहरीको भनाइ छ ।

सो क्षेत्रमा सडक विस्तार भइरहेकाले पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!