लिभरपुल होइन चेल्सी जाने भए काइसेडो

Posted on: 14 Aug, 2023

साउन २९, काठमाडौँ | लण्डन क्लब चेल्सीले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गर्ने भएको छ ।

चेल्सीले २१ वर्षीय इक्वेडेरियन खेलाडी काइसेडोलाई ११ करोड ५० लाख पाउण्डमा अनुबन्ध गर्न लागेको हो ।

केही दिनअघि मात्रै काइसेडो लिभरपुल जाने लगभग पक्का भएको थियो ।

लिभरपुल र ब्राइटनबीच काइसेडो अनुबन्धका लागि ११ करोड १० लाख पाउण्डमा सहमति भएको थियो । तर काइसेडोले लिभरपुल भन्दा चेल्सी नै रोजेपछि ट्वीस्ट आएको हो ।

यो अनुबन्धपछि चेल्सीले २०२३ मै दोस्रो पटक बेलायती ट्रान्सफरको कीर्तिमान तोड्नेछ ।

यसअघि जनवरीमा चेल्सीले एन्जो फर्नान्डेजलाई १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

लुटन विरुद्धको सिजनको पहिलो खेलमा काइसेडो ब्राइटनको टिममा समावेश थिएनन् । उनको अब मेडिकल हुन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!