२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालयौन दुरूपयोग गरेको आरोपमा ललितपुरबाट चाइल्ड केयरका सञ्चालक पक्राउ

२०८०, २९ श्रावण सोमबार ०७:२५

साउन २९, काठमाडौँ | ललितपुरमा बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-२२ बुंगमती ब्लेस हाउस एन्ड चाइल्ड केयरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो। 


उनलाई आइतबार पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए। 

उनले गत असारदेखि साउन २६ गते बिहानसम्म चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई संवेदनशील अंग तथा शरीरका विभिन्न भागमा समाउने, सुमसुम्याउने गरेको एसपी कार्कीले बताए। 

प्रतिवाद गर्दा बुढाले बालिकामाथि निलडाम हुने गरी कुटपिट गरी शारीरिक यातना दिएर बालयौन दुरूपयोग गरेको प्रहरीले जनाएको छ। 

जिल्ला अदालत ललितपुरबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते