असोज १६, चितवन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, चितवन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । 

"/>
२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चिकनगुनिया सङ्क्रमित महिला रौतहटमा बसोबास गर्ने गरेको पुष्टि

१६ आश्विन २०७३, आईतवार ०४:११

असोज १६, चितवन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । 

पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं ३ बुद्धनगर स्थायी घर भई विगत छ वर्षयता चन्द्रनिगाहपुरमा बस्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरहरि चापागाईंको नेतृत्वमा उहाँकै निवास पुगेर महिलाको बारेमा विस्तृत अध्ययनसमेत गरेको छ । 

टोलीमा रहनुभएका किट नियन्त्रक राम केसीका अनुसार ती महिला भदौ ३१ गते ज्वरो आएपछि चन्द्रनिगाहपुरबाट उपचारका लागि असोज १ गते भरतपुर आएकी थिइन् । २ गते मौलाकालिका अस्पतालमा भर्ना भई ३ गते सोही अस्पतालबाट काठमाडौँ लगिएको थियो । मौलाकालिका अस्पतालमा डेङ्गुको उपचारपछि उनलाई काठमाडौँस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको हो । असोज ४ गते ट्रपिकल अस्पतालमा भर्ना भई ६ गते डिस्चार्ज भएको र ७ गते चितवन फर्किएको केसीले बताउनुभयो । 

उपचारपछि ती महिला आफ्नै घर बुद्धनगर फर्किएकी छन् । श्रीमान् चन्द्रनिगाहपुरमा जागिर खाने भएपछि उनीहरु बजारमै बसोबास गर्दै आएको पाइएको छ । महिलाले ज्वरो आउने र टाउको दुख्ने भएपछि उपचारका लागि भरतपुर आएको जनाएको केसीले बताउनुभयो । अहिले महिलाको अवस्था सामान्य रहेको केसीले जानकारी दिनुभयो । 

उनी बसोबास गर्ने बुद्धनगरको घर वरिपरि सरसफाइ रहेको र पानी नजमेको पाइएको केसीले बताउनुभयो । निमित्त प्रमुख चापागाईंले रोग रौतहटबाट आएको हुँदा विभागमार्फत रौतहटमा अध्ययनका लागि जानकारी गराइने बताउनुभयो । 

ती महिलाको चितवनमा डेङ्गु परीक्षण गर्दा नेगेटिभ देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । चापागाईंले ती महिलालाई डेङ्गु सार्ने लामखुट्टेले टोकेर अर्का कुनै व्यक्तिलाई टोकेको भए रोग सर्ने सम्भावना रहने बताउनुभयो । यद्यपी लामखुट्टेले यो रोग यो सार्ने गर्दछ । 

भारतमा सन् २००३ मा महामारीका रूपमा चिकनगुनियाको सङ्क्रमण देखिएको थियो । यो रोग लागेको वाकवाक आउने, उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने फिजिसियन डा. कालिदास अधिकारीले बताउनुभयो । यस्तो लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने सुझाव उहाँको छ । पछिल्लो समय डेंगुको हंका लागेका बिरामीलाई चिकनगुनियाको समेत परीक्षण गर्न सुझाईएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट भारतको तिरुपतिमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? लेखासमिति सभापति ऋषिकेशका स्वकीय सचिव पोखरेल पक्राउ जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने