२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जहाज कुर्दाकुर्दै चार शिशुको ज्यान गयो

२०८०, ३० श्रावण मंगलवार १२:०५

साउन ३०, सुर्खेत | हवाई सेवा नहुँदा हुम्लामा चार शिशुको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। सिमकोट विमानस्थलमा लामो समयसम्म उडान नभएपछि उपचारका लागि नेपालगन्ज र सुर्खेत ल्याउन नसक्दा शिशुको मृत्यृ भएको हो।

सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका–७ डाडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ–१ लालिका डेढवर्षे बालक आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुहारको जहाज नआउँदा उपचार अभावमा ज्यान गएको हो।

झाडापखालाका कारण अस्पतालमा ल्याएका शाहीलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि हुम्लामा त्यो सुविधा छैन। आईसीयू नभएकाले सुविधासम्पन्न अस्पतालमा लैजानुपर्नेमा मौसमका कारण जहाज नआउँदा मरे पनि घरमा मर्ला भनेर बाबु कालीबहादुरले घर लगेका थिए। मंगलबार बच्चाको घरमै मृत्यु भएको थियो।

सुनारको झाडापखालाले थलिएर रगतमा संक्रमण भएकाले अवस्था गम्भीर देखिएपछि साउन १८ गते जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिइए पनि खराब मौसमका कारण जहाज नआउँदा बच्चालाई बचाउन नसकिएको जिल्ला अस्पताल हुम्लाका डाक्टर कैलास लामाले बताए।

डाक्टर लामाका अनुसार निमोनियाले थलिएका परियारले साउन ७ गते र कुपोषणले थलिएका लुहारले साउन ८ जहाज कुर्दाकुर्दै अस्पलालको शय्यामै ज्यान गुमाएका हुन्। चारैजना बालकको जिल्लामा उपचार नहुने भन्दै जिल्ला बाहिर रिफर गरे पनि जहाज नआउँदा समयमा सुविधा सम्पन्न अस्पतालमा लिन नसक्दा ५, ६ र १८ महिनाका बालकको अस्पतालमै र ७ महिनाका बालकको घरमा मृत्यु भएको बताए।

त्यस्तै डोल्पा अस्पतालमा भर्ना भई उपचार सम्भव नभएपछि ९ जना बिरामीको बाहिर जिल्लामा सिफारिस गरिए पनि जहाज नआउँदा समयमै उपचार नपाएको डाक्टर अखण्ड उपाध्यायले बताए। ९ जनामध्ये ३ जनाका हातगोडा भाँचिएका थिए। जहाज नआएपछि ३ जना उपचार नगराई बसेको उनले बताए। बाँकी ६ जना स्थल मार्ग हुँदै नेपालगन्ज ४ दिनपछि पुगेको बताएको छ।

त्यसैगरी मुगुमा १७ जनालाई बाहिर जिल्लामा उपचारका लागि सिफारिस गरिए पनि हालसम्म उपचारका लागि जान नसकेको स्वास्थ्य सेवा कार्यालय मुगुले बताएको छ। मुगु र हुम्लाबाट नजिकै उपचार गर्ने क्षेत्रको रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई लिइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते