आज कोसी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

Posted on: 16 Aug, 2023

साउन ३१, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज सामान्यदेखि मध्यम तथा थोरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू-भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भन्दै विभागले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!