डिजेल एकैपटक १४ रुपैयाँले बढ्यो, पेट्रोल पनि महँगियो

Posted on: 16 Aug, 2023

साउन ३१, काठमाडौं | पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य  १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि अब काठमाडौ, पोखरा र दिपायलमा पेट्रोललाई प्रतिलिटर १७८ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६७ रुपैयाँ पर्ने छ । 

सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १७७ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६६ रुपैयाँ पर्ने छ । 

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १७५ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६४ रुपैयाँ पर्ने छ । 

नयाँ मूल्य आज राति १ बजेदेखि लागु हुने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!