ढुङ्गाले किच्दा एक महिलाको मृत्यु

Posted on: 16 Aug, 2023

साउन ३१, काठमाडौं | मकवानपुरको बकैया गाउँपालिका-१ धियाँलमा ढुंगाले किचेर एक महिलाको ज्यान गएको छ ।

मङ्गलवार बकैया-१ विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ज्यान गएको हो ।

रुपा घरनजिकको धियाँल डाँडास्थित जंगलमा गाई भैंसी चराउने क्रममा आराम गर्न ढुंगामाथि बसेकी थिइन् ।

बसिरहेको बेला अचानक रुपमा बसेकै ढुंगा पल्टिएर थिच्दा उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!