२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मलाई पक्राउ गर्न कांग्रेसकै मान्छे लागे : सुनील शर्मा

२०८०, ३१ श्रावण बुधबार ०७:१५

साउन ३१, काठमाडौं | नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुनिल शर्माले आफूलाई पक्राउ गर्न कांग्रेसकै मान्छेहरु लागेको बताएका छन् । 

नेपाली कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले आफूलाई गिरफ्तार गराउन कांग्रेसकै जिम्मेवार व्यक्ति लागिपरेको आशंका व्यक्त गरे । बालकृष्ण खाणलाई पक्राउ गराउने समूहले नै आफूलाई पनि फसाउने योजना रचेर पक्राउ गरेको उनको आरोप छ । कतिपय व्यक्ति विरुद्धमा लागेपनि पक्राउ पर्दा आफूलाई धेरैले साथ दिएको भन्दै उनले सङ्कटमा साथ दिने सबैलाई धन्यवाद दिए । गलत काम भइरहदा टुलुटुलु हेरेर बस्न नसकिने भन्दै उनले गलत कामको सँधै विरोध गरेर जनताको पक्षमा बोलिरहने बताए ।

उनले आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेको गुनासो पनि गरे । ‘अनुमान लगाउनुस्, तपाईँलाई तपार्इँकै बुबाले मार्न भनेर घाँटीमा न्याकेर पोखरीमा डुबाए, तर त्यतिबेला सँधै झगडा गरिरहने छिमेकी आएर तपाईँलाई बचायो भने पोखरीबाट निस्किएपछि मार्न खोज्ने बुबालाई अङ्गालो मार्नुहुन्छ की उद्धार गर्नेलाई मार्नुहुन्छ ?,’ प्रश्न गर्दै सांसद शर्माले भने, ‘सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, हो मैले पनि त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ, उनलाई भेट्न पनि गएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते