नेपाल आउँदै चिनियाँ सैनिक टोली

Posted on: 16 Aug, 2023

साउन ३१, काठमाडौं | चिनियाँ जनमुक्ति सेना(पीएलए) को एउटा टोली आज नेपाल आउने भएको छ । बुधबार पीएलएअन्तर्गतको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको हो ।

उनी बोर्डर डेलिगेसन टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।

सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार चिनियाँ टोली बुधबार आएपछि प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त टोली भदौ ३ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!