विश्वकपको पूर्व सन्ध्यामा सन्यास फिर्ता लिए अलराउन्डर स्टोक्सले

Posted on: 16 Aug, 2023

साउन ३१,काठमाडौं | अलराउन्डर बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्याश फिर्ता लिएका छन् । विश्वकपको पूर्व सन्ध्यामा स्टोक्सले सन्याश फिर्ता लिएका हुन् ।

स्टोक्स इङ्ल्यान्डको टेस्ट टोलीको कप्तान हुन्। विश्वकपअघि इङ्ल्यान्डले न्युजिल्यान्डसँग एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ ।

सम्भवत् यही शृंखलाबाट उनी एक दिवसीय टोलीमा फर्कनेछन् । ३२ वर्षीय स्टोक्सले सन् २०१९ को एक दिवसीय विश्वकप र २०२२ को टी-२० विश्वकप इङ्ल्यान्डले जित्दा शानदार प्रदर्शन गरेका थिए । इङ्ल्यान्डले भारतमा हुने आसन्न एक दिवसीय विश्वकपमा उपाधि रक्षा गर्नुपर्ने चुनौती छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!