२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालद्वारा भिस्वा डाँडामा वृहत सरसफाई

१६ आश्विन २०७३, आईतवार ०७:१७

असोज १६, वीरगंज । विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपाल UPF Nepal सिद्धान्त अनुसन्धान महाबिद्यालय संघको आयोजनामा आज वीरगंजमा वृहत सरसफाई गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नं। १८ मा रहेको भिस्वा डाँडा र गुम्बा परिसरमा बिहान वृहत सरसफाई गरिएको हो ।

 संघका  वीरगंज शाखा अध्यक्ष हरी लोप्चनको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा प्रमुख अतिथी पर्साका सहायक जिल्ला वन अधिकृत फरमान मियाँ, अतिथीहरुमा श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक ऋषिकुमार ढुङ्गना, सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, भिस्वा युवा क्लबका सचिव ऋषि श्रीवास्तव, प्रहरी चौकी भिस्वाका ईन्र्चाज पंकज कुमार सिंह, सुरजी देवी माध्यमिक बिद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवाल,  टाँसीसाङ्ग थारर्वालिङ्ग बौद्ध गुम्बा भिस्वाका  अध्यक्ष रामबहादुर लामा, विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका शान्ति दूत लक्ष्मीनारायण ओझैया,परिवार दलका पर्सा जिल्ला अध्यक्ष  पलटन पटेल लगायतकाले बिशेष सफाई गरेका थिए । 

संघको आयोजनमा भइरहेको ३ दिवसीय शान्ति अभियान कार्यक्रम अन्र्तग पहिलो श्रृङखलामा सरसफाई कार्यक्रम गरिएको संघका अध्यक्ष हरी लोप्चनले बताए । लोप्चनले अभियानको दोस्रो श्रृङखला अन्र्तगन भोली सोमबार महिला सशक्तिकरण अन्र्तक्रिया कार्यक्रम र तेस्रो श्रृङखला अन्र्तगत असोज १८ गते मंगलबार शान्ति अभियानमा नागरिकको भुमिका र वडा दशैं, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान गरिने कार्यक्रम रहेको बताए । 

प्रमुख अतिथी र अतिथीहरु संयुक्त रुपमा सफाई गरी उद्घाटन गरेको कार्यक्रमा  भिस्वा र श्रीपुर वडाका प्रहरीका जवानहरु, सुरजी देवी माध्यमिक बिद्यालयका बिद्यार्थीहरु,पत्रकार निरज पिठाकोठे, सदभावना पार्टी वीरगंज युवा मंचका सचिव अनिल साह, वीरगंज उपमहानगरपालिकाका सफाई कर्मचारीहरु तथा संघका शुभकन्या मोक्तान, जगत बहादुर थिङ, रबिलाल लोप्चन, सविन लामा, सोनु मोक्तान, रमिला मोक्तान लगायतकाले सक्रिय सहभागिता जनाएका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव