२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुष्पाको हत्या कि आत्महत्या ? छिमेकीसँग थियो लेनदेन र विवाद

३१ श्रावण २०८०, बुधबार ११:४८

साउन ३१, काठमाडौं | साउन २६ गते घरबाट बेपत्ता भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलकी पुष्पा टण्डन २७ गते सालझण्ड नजिकै फायरलाइनमा फेला परिन् । फायरलाइनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।

शवको अवस्था हेर्दा आत्महत्या जस्तो देखिएपनि घटना शंकास्पद मानिएको छ । परिवार र आफन्तले टन्डनको हत्या भएको दावी गर्दै ५ दिनदेखि प्रदर्शन गरिरहेका छन् । छिमेककै व्यक्तिबाट हत्या गरिएको हुन सक्ने उनीहरुको आशंका छ ।


गुल्मी दरबार गाउँपालिकाकी ३६ वर्षिया पुष्पा आफ्नो एक छोरा र एक छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोलमा बस्दै आएकी थिइन् । ड्राइभरटोलमा पनि उनको आफ्नै घर रहेको बताइएको छ । पुष्पा यही साउन २६ गते शुक्रबार दिउँसो १२ बजे घरबाट हिँडेपछि फोन स्वीच अफ भएको सँगै बस्दै आएकी उनकी भदैनीको भनाइ छ ।

पुष्पाको माइत गुल्मीको छत्रकोट गाउँपालिका-३ मा पर्छ । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा थिए । श्रीमतीको खबरपछि उनी दुई दिनअघि मात्रै बुटवल आएका छन् ।

निहुरो टिप्न गएका मानिसले पुष्पाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी घटनास्थलमा पुग्दा पुष्पा रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा विषसमेत फेला परेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनले लगाएका चप्पल शवभन्दा केही पर थियो । उनको मोवाइल भिजेको थिएन । दुईवटा सिम मोवाइलबाट निकालेर झोलामा राखिएको थियो । पुष्पाले लगाएको चश्मा टाउकोमै थियो ।

झोलाको फिता र मोटरसाइकलको साँचोमा राखिएको फिता घाँटीमा कसेर झुण्डिएको अवस्थामा शव भेटिएको हो । उनका दुवै खुट्टाले जमिनमा छोएको प्रत्यक्षदर्शिले बताएका छन् ।

राति अबेरसम्म पनि पुष्पा नफर्किएपछि छोराछोरी र भदैनीले फोन सम्पर्क गर्न खोजेका थिए । तर उनको फोन लगातार स्वीच अफ थियो । त्यसपछि भदैनीले गुल्मीमा रहेका बुबाआमालाई फोन गरिन् ।

बुबाले नजिकैको प्रहरी चौकीमा गएर रिपोर्ट लेखाउन सुझाव दिए । राति साढे १२ बजेतिर आफ्ना दुई साथी र पुष्पाका छोराछोरीसहित ६ जना भएर चौकीमा गएर भदैनीले निवेदन दिइन् ।

प्रहरीले खोजी कार्य तीव्र पार्ने भन्दै नआत्तिन सुझाव दिएर उनीहरुलाई घर पठायो । चौकीबाट निस्किएर उनीहरुले पुष्पाको चिनजानका मान्छेहरुसँग फोन गर्दै सोधपुछ गरिरहेका थिए ।

त्यत्तिकैमा दुईवटा स्कुटीमा चारजना अञ्जान व्यक्तिहरु आएर सोधपुछ गरेको र आफूहरुले घटनाबारे बताएपछि हातपात गरेको पुष्पाकी भदैनीले बताएकी छन् । त्यसक्रममा प्रहरी पनि त्यहाँ आए । तर हातपात गर्नेहरुमाथि प्रहरीले केही पनि एक्सन नलिएको भदैनीको गुनासो छ । पछि प्रहरीले हातपात गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ ।

छिमेककै एक महिलासँग पुष्पाको झगडा भएको थियो । ती महिलाले पुष्पा आफ्नो श्रीमानसँग लागेको भन्दै टर्चर दिंने गरेको मृतकका छोराले बताए । उनका अनुसार पुष्पाले छिमेकीलाई १७ लाख ऋणसमेत दिएकी थिइन् ।

पैसा माग्न जाँदा उनले विभिन्न धम्की दिने गरेको बताइएको छ । छिमेकीले धम्की दिएपछि शुक्रबार प्रहरी बोलाएर कागज गरी समस्या सुल्झाउने सहमति पनि भएको थियो । तर शुक्रबार दिउँसो १२ बजेदेखि नै पुष्पा घरबाट सम्पर्कविहीन भइन् ।

शंकाको घेरामा रहेकी छिमेकीलाई पनि नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ । उनका श्रीमान्विरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । मृतक पुष्पाको शव पोष्टमार्टम भएर रिपोर्ट पनि आइसकेको छ ।

पोष्टमार्टमले आत्महत्या देखाएको छ । पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले आवश्यक अनुसन्धान गरी अदालतमा पेश गर्ने र अदालतले नै कानुनबमोजिम फैसला गर्ने प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले घटना अनुसन्धानकै क्रममा रहेको बताए ।

‘घटना रहस्यमय देखिन्छ, अनुसन्धानकै क्रममा रहेकाले धेरै भन्न सकिदैन’, उनले भने, ‘अनुसन्धानले जे देखाउँछ त्यही वास्तविकता बाहिर ल्याउँछौ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै