लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा

Posted on: 16 Aug, 2023

साउन ३१, काठमाडौं | ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् । 

मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम  र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका छन् । 

स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । 

सो प्रकरणमा पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!